२७ कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ४७८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २९५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको छ भने ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १६ हजार ६७५ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ९७ हजार ९२६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।