७ मंसिर, मेचीनगर : पछिल्लो २४ घण्टामा २७३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जनामा संक्रमण देखिएको छ भने १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १० हजार १७४ जनाको कोरोना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १९ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ८९० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।