कोरोनाको खोप अबको एक महिनामै सर्वसाधारणसम्म आइपुग्‍ने

लण्डन | कोरोनाभाइरसविरुद्धको खोप एक महिनाभित्रै आउने दावी गरिएको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका फर्मास्युटिकल्सको संयुक्त प्रयासमा विकास भइरहेको खोप आगामी डिसेम्बर महिनाको अन्त्यसम्म आइसक्ने दावी गरिएको हो ।

र डिसेम्बरपछि खोप आम सर्वसाधारण मानिसको पहुँचमा पुग्ने बताइएको छ । तर यसका लागि नियमनकारी निकायको अनुमति आवस्यक पर्नेछ । एस्ट्राजेनेका फर्मास्युटिकल्सले भने यदी नियमनकारी निकायबाट अनुमति पाएको खण्डमा २०२१ को जनवरीदेखि नै सर्वसाधारणसम्म खोप पुर्‍याउन सकिने जनाएको छ । तर नियमनकारी निकायले छिट्टै आफ्नो काम गर्न सकेको खण्डमा कम्पनीले भने खोप डिसेम्बरको अन्तिम सातादेखि नै सर्वसाधारणमाझ पुर्‍याउन सक्ने जनाएको छ ।

कोरोनाको खोप विकासको काम छिटो गरिरहेका देशमा बेलायत पनि एक हो । यद्यपि यसअघि उक्त खोप परीक्षणका बेला परीक्षण गरिएका मानिस अचानक बिरामी परेपछि खोपको काम बीचमा रोकिएको थियो । एस्ट्राजेनेका कम्पनीले खोप वितरणमा लागि अमेरिका, बेलायतसहित युरोपियन युनियन, जापान र ब्राजिलसँग सम्झौता गरिसकेको छ ।
यसवाहेक कोरोनाको खोप विकासमा चीन, रुस र अमेरिका लगायत देश पनि अगाडि नै छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.