मन्त्री कार्की दिनभरी मेचीनगरमै व्यस्त

१८ पुस, मेचीनगर : १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आइतबार मेचीनगरका विभिन्न कार्यक्रममा व्यस्त रहनुभयो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता भेटघाट, होल्डिङ सेन्टर, मेची पुलमा रहेको हेल्प डेक्सको, निरीक्षणमा मन्त्री व्यस्त रहनुभएको हो ।

बिहान मेचीनगरमा आयोजित अगुवा कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा मन्त्री कार्कीले संगठन विस्तारमा लाग्नुपर्ने र निर्वाचन नजिकिएका कारण बाँकी समय रचनात्म काममा खर्च गर्न सुझाव दिनुभयो । मन्त्री कार्किले पार्टीको १४ औं महाधिवेशनले नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताहरुलाई एक भएर अघि बढ्न सन्देश दिएकाले सो अनुसार लाग्न समेत नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका पूर्व नगर सभापति दुर्गाप्रसाद सापकोटाका अनुसार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले मेचीनगर—२ को भृकुटीमा प्रहरी चौकी स्थापनाका लागि मन्त्री कार्कीसँग अनुरोध गरे लगत्तै मन्त्री कार्कीले यथाशीघ्र प्रहरी चौकी स्थापना गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

कार्यकर्ता भेटघाट सकिएपछि झापा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँग समेत मन्त्री कार्कीले भद्रपुरमा छलफल गर्नुभयो । जिल्ला स्थित सुरक्षा समितिसँगको छलफलमा मन्त्री कार्कीले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी लिनुभयो । सोही अवसरमा मन्त्री कार्कीले झापा जिल्ला कारगारको निरीक्षण पनि गर्नुभयो । मन्त्री कार्कीले झापा कारागारमा आयोजित मानवअधिकार प्रवद्र्घन तथा कानुनी सचेतना कार्यक्रमा समेत सहभागी भएर बन्दीहरुको समस्याका बारेमा जानकारी लिनुभयो । कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना थियो ।

छलफल पश्चात झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, आन्तरिक मामिला तथा कानुन कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली सहितको टोलीले मेची पुलमा रहेको हेल्प डेक्सको निरीक्षण गरेको थियो ।

हेल्पडेक्सका बारेमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले मन्त्रीसहितको टोलीलाई जानकारी गराउनुभएको थियो । मेचीपुलको हेल्पडेक्स निरीक्षण पश्चात टोलीले झापाको मेचीनगर नगरपालिका–१४ ढुहागढीमा निर्माण हुदैं गरेको एक हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो ।

नगर उपप्रमख उप्रेतीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि सो क्षमताको होल्डिङ सेन्टर निर्माण शुरु गरिएको मन्त्री कार्की सहितको टोलीलाई जानकारी गराउनुभयो ।

निरीक्षण पश्चात मन्त्री कार्कीले चाडै निर्माण सकेर हस्तान्तरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । यसको व्यवस्थित गर्न र आवश्यक पूर्वाधार तयार गर्न समेत उहाँले सम्बन्धित पक्षलाई निर्देशन गर्नुभयो । यसका विषयमा तीनै तहको सरकारको भूमिका अपरिहार्य रहेकाले सबैले आ–आफ्नोक्षेत्रबाट सहयोग गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिनुभयो ।

करिब २२ करोड रुपैयाँ लागतमा बन्ने होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन काठमाडौँले लिएका थियोे । होल्डिङ सेन्टरमा फेब्रिकेटेड प्रविधियुक्त भवन अत्यन्तै व्यवस्थित बन्ने, नेपाली सेनाको रोहबरमा बन्ने होल्डिङ सेन्टरमा १० देखि १२ वटा भवन बन्ने, निर्माण कार्य तीव्ररुपमा भइरहेकाले अब केही महिनाभित्र निर्माण कम्पनीले सक्ने प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

पहिलो लहरमा नेपाली सेनाले आफैँ होल्डिङ सेन्टर निर्माण गरेको थियो, तर यस पटक सरकारले झापा सहित तराईका आठ वटा नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति ‘डीसीसीएमसी’को बैठकले हडिया खोला नजिकैको दक्षिणतर्फको खाली रहेको चार बिघा जमिनमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।

सुरुमा होल्डिङ सेन्टर निर्माणका लागि मेचीनगर–७ स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो । बसपार्कमा जग्गा अपुग हुने देखिएकोले अर्को स्थानको खोजी गर्ने क्रममा ढुहागढीको जमिन फेला परेको थियो ।

मेचीनगर नगरपालिकाको नाममा रहेको उक्त जमिन उपयुक्त देखिएको तथा मेचीनगर–१४ को सर्वपक्षीय भेलाले समेत त्यो जमिन सरकारले बनाउन लागेको होल्डिङ सेन्टरका लागि उपलब्ध गराउने निर्णयसमेत गरेको नगर उपप्रमुख उप्रेतीले बताउनुभयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.