१० माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा संक्रमण देखिएको छ भने ४ हजार ५४७ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा २१ हजार २०१ जनाको कोरोना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ४ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख १८ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख १५ हजार १७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख २४ हजार २३९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।