१५ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १११ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको छ भने ३ हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ९ हजार ७१० जनाको कोरोना परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७६ हजार ८६५ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३९ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ५६ हजार ४१३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।