काँकरभिट्टा, २२ बैशाख | झापा जिल्लामा बुधवार कोभिड १९ का कारण मेचीनगरका दुईसहित ७ जनाको मृत्यु भएको छ । मेचीनगरका मृतक दुवैजना मेचीनगर– ६ का वासिन्दा हुन् । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगर–६स्थित काँकरभिटटकी ५८ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो भने ४८ वर्षीय पुरुषको मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।
महिला लामो समयदेखि क्यान्सरको विरामी भएको महिलाको केहिदिन अघि बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचार गर्दा एन्टिजेन पोजेटिभ देखिए पछि घर ल्याएर मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशालामा १९ वैशाखमा उनीसहित दुई छोराको पीसीआर परीक्षण गरिएको थियो । उनीसहित एकजना छोराको परिणाम पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकी उनको बुधार विहान पौने पाच बजेतिरे घरैमा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । उनको परिवारमा रहेका चारजनाको कन्ट्रयाक टे«सिङ्गमा सवैको परिणाम नेगेटिभ आएको छ ।
चारआली स्थित नयाँ श्रीनाथ गणका नेपाली सेनाले दिउसो शवको व्यवस्थापन गरेको थियो । अर्का मृतक पुरुषको शव अस्पतालमै रहेको र भोली व्यवस्थापन गर्ने बताईएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले अन्य मृतकहरुमा भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेसनमा मृत्यु भएको बताए । त्यसैगरी बुधवार १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चौलागाईका अनुसार ७९ महिलासहित १७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमकमा ९ महिलासहित ३२ जना, बिर्तामोडमा १९ महिलासहित ४१ जना, गौरादहमा २ महिलासहित ६ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा १९ महिलासहित ३४ जना, कनकाईमा ४ महिलासहित १४ जना, हल्दीबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ९ जना, बुद्वशान्तिमा १ महिलासहित ३ जना, कचनकवलमा १ महिलासहित ३ जना, कमलमा ४ महिलासहित ९ जना, शिवसताक्षीमा २ महिलासहित ३ जना, झापामा २ महिलासहित ५ जना र ठेगाना नखुलेका ६ महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।
योसँगै झापामा संक्रमितको संख्या ५ हजार ६ सय, आइसोलेसनमा ८ सय ९८ जना, कुल संक्रमित एन्टिजेन १ सय ३८ जना र मृत्यु हुनेको संख्या १ सय ४२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उता, कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण सुरुङ्गामा एक जना पुरुषको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ शान्ति टोलका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । केहि दिनदेखि संक्रमित उनलाई उपचारका लागि विराटनगर लगिएको थियो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई उपचारका लागि आइसीयुबाट भेन्टिलेटरमा सारिएको छ । कोरोना पुष्टिभएपछि उपचारका लागि उनलाई बीएन्डसी हस्पिटलको आइसीयुमा विगत पाँच दिनदेखि राखिएको थियो । अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखिएका