Day: भदौ २७, २०७८
विद्यालय सञ्चालन गर्न अनुमति माग गर्दै निजी विद्यालयका संगठनद्वारा मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाए
२७ भाद्र, मेचीनगर : मेचीनगरमा क्रियाशील संस्थागत विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरिदिन अनुरोध गर्दै आइतबार ज्ञापन पत्र बुझाएका छन् । निजी विद्यालयहरुका दुईवटै संगठन एन प्याब्सन र प्याब्सनका मेचीनगर अध्यक्षद्वय भगिरथ राई र डम्बर रुकचालद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य तथा उप–प्रमुख मीना पोखरेल उप्रेती समक्ष हस्तान्तरण गरिएको…
१ हजार ४२३ जना संक्रमण मुक्त : ९११ जनामा संक्रमण पुष्टि
२७ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९९१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण देखिएको छ भन ३ हजार १४० जनाको एन्टिजेन परीक्षण गर्दा ९११ जनामा…
बजेट बितरणमुखी नभएको अर्थमन्त्रीको दाबी
२७ भदौ, काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गरेका छन् । आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् । आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व रहेको भन्दै उनीहरुलाई सरकारले…
बुढानिलकण्ठ नगरपालिकामा भौतिक रुपमै पठनपाठन सुरु
२७ भाद्र, काठमाण्डौं: बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिक रूपमा नै सञ्चालन भएका हुन् । काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक…
मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने
२७ भाद्र, हेटौंडा: विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको…

आजको राशिफल (२०७८ साल भाद्र २७ गते आइतबार)
मेष –आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । केही चुनौती देखा पर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । वृष –काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला । प्रेम…
