दधिराम बराल स्मृति शिक्षक कर्मचारी सम्मान भिमादेवीलाई, उत्कृष्ट अभिभावक सम्मान विष्णुमायालाई

१४ माघ, मेचीनगर : काँकरभिट्टा माध्यमिक विद्यालय मेचीनगर —६ काँकरभिट्टाले यसवर्षको स्वर्गीय दधिराम बराल स्मृति शिक्षक कर्मचारी सम्मान शिक्षिका भिमादेवी गौतम भेट्वाललाई प्रदान गरेको छ ।

आइतबार विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा नगद दशहजार रुपैयाँसहित सम्मान पत्र प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर शिक्षा शाखाका शिक्षा अधिकृत पवित्रा ढकालले शिक्षिका भेटवाललाई प्रदान गर्नुभएको हो ।

स्वर्गीय दधिराम बराल स्मृति शिक्षक कर्मचारी सम्मान अक्षयकोषदाता एवम् पूर्व प्रधानध्यापक चुडामणि बराल, विद्यालयका प्रधानध्यापक हरिप्रसाद न्यौपानेले सम्मानित तथा पुरस्कृत व्यक्तित्व भेटवाललाई अविर, टीकालगाएर दोसल्ला पहिर्याउनुभएको थियो । सोहि अवसरमा नगद तीनहजार रुपैयाँसहितको उत्कृष्ट अभिभावक सम्मान विष्णुमाया गहतेलाई प्रदान गरिएको छ । प्रशिक्षक सम्मान अनिल विष्टलाई प्रदान गरियो । प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङ विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख उप्रेती, विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष होम विष्टलगायतले उहाँहरु सवैलाई नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो । सर्वोत्कृष्ठ विद्यार्थीको रुपमा विवश दाहाललाई पुरस्कृत एवम् सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष होम विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न अक्षयकोषबाट छात्रावृत्ति प्रदान गरियो । नगद दशहजार रुपैयाँ र सम्मान पत्रसहितको स्वर्गीय ख्यालीराम—पार्वतादेवी अग्रवाल स्मृति पुरस्कार महिमा धिमाललाई, धनप्रसाद गुरुङ छात्रावृत्ति पुरस्कार प्राश्ना हाङ्खिम राई, आकाँक्ष थापालाई प्रदान गरियो पुरस्कारको राशी जनही नगद पाँच÷पाँच हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । रिया लिम्बुलाई स्वर्गीय पुष्पा श्रेष्ठ स्मृति छात्रावृत्ति पुरस्कार प्रदान गरियो पुरस्कारको राशी नगद पाँच हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । सम्मानपत्रसहित नगद पाँच हजार रुपैयाँको स्वर्गीय ख्यालीराम—पार्वतादेवी अग्रवाल स्मृति पुरस्कार इशा तामाङले प्राप्त गर्नुभयो ।

स्वर्गीय भगमाया ओली स्मृति पुरस्कार रिना तामाङ र विवश दाहाल, स्वर्गीय सावित्रादेवि स्मृति छात्रावृत्ति पुरस्कार पाल्साङ्मो तामाङ र रिमा मालपाँडे लाई प्रदान गरियो । पुरस्कारको राशी नगद जनही तीन हजार छ सय रुपैयाँ र सम्मान पत्र रहेको छ । हर्पतलाल—गीतादेवी डालमियाँ स्मृति पुरस्कार सक्षम भट्राई र सर्जिन निरौलाले प्राप्त गर्नुभयो । भट्टराईले नगद चार हजार तथा निरौलाले नगद दुई हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गर्नुभएको हो । यसैगरी, नगद चार हजार रुपैयाँ र सम्मानपत्र सहितको सोहि पुरस्कार शर्मिला तामाङलाई प्रदान गरियो ।

स्वर्गीय नरबहादुर—पूर्णिमाया स्मृति अक्षयकोषबाट मेनिङ राई, राम तामाङ र स्वेच्छा प्रधान पुरसकृत तथा सम्मानित हुनुभयो । पुरस्कारको राशी जनही एकहजार पाँचसय नगदसहित सम्मान पत्र रहेको छ । जनही एकहजार तीन सय रुपैयाँसहित सम्मान पत्रको देवीमाया भट्टराई छात्रावृत्ति अक्षयकोषबाट स्मरण अधिकारी र रक्षा क्षेत्री पुरस्कृत तथा सम्मानित हुनुभयो । वर्ष उतकृष्ट विद्यार्थीका रुपमा तपस निरौला पुस्कृत तथा सम्मानित हुनुभयो । प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङ विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख उप्रेती, मेचीनगर शिक्षा शाखाका शिक्षा अधिकृत ढकाल र सम्बनिधत अक्षयकोष स्थापनाकर्ता तथा संरक्षकहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।

सोहि अवसरमा राष्ट्रपति रनिङ शील्ड प्रतियोतिामा विद्यालयकातफृबाट विभिन्न विधामा विजयी खेलाडीलाई समेत सम्मान र पुरस्कार प्रदान गरिएको थियो । दाता सम्मानका रुपमा देवीमाया भट्टराई छात्रावृत्ति अक्षयकोषका दाता देवीमाया भट्टराईलाई मरणेपरान्त सम्मान प्रदान गरियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङले विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारमा कोशी प्रदेश सरकार र विद्यालयबीचको पुलको काम गर्ने विश्वास दिलाउनुभयो । उहाँले विद्यलयको खेल मैदान र अन्य जग्गाको विषयमा भएको केहि प्राविधिक कठिनाईमा समाधानको प्रयास गर्ने समेत स्पष्ट पार्नुभयो । आफू यसै विद्यालयको पूर्व विद्यार्थी भएर प्रमुख अतिथिको रुपमा आफ्नै विद्यालयमा उभिन पाउँदा निक्कै हर्षित भएको प्रदेशसभा सदस्य तामाङले विचार राख्नुभयो ।

नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने उहाँले स्पष्ट पार्नुभयो । यसका लागि प्रदेश सरकार लागि परेको र शिक्षा कोशी प्रदेश सरकारको पहिलो प्राथमिकतामा परेको जानकारी गराउनुभयो ।

विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख उप्रेतीले स्थानीय सरकारले सिमीत श्रोत र साधनका बाबजुद पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदैं शिक्षा, स्वास्थ्य, कृषिलगायत स्थानीय सरकारको प्राथमिकतामा रहेको धारणा राख्नुभयो ।

गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं उहाँले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताउनुभयो । उत्पादन एवम् उद्यमशिलता अभिवृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्ने स्पष्ट पार्नुभयो । ‘उद्यमशीलता, उत्पादन र रोजगारी बृद्घिको लागि शिक्षलाई सीपसँग जोड्नुपर्छ’ उपपमुख उप्रेतीले भन्नुभयो—‘ हामीले पढेका धेरै ज्ञानको जीवनमा उपयोग नै आउदैनन्, व्यवहारमा प्रयोग हुदैन् भने डिग्री गरे पनि त्यस्तो शिक्षाको महत्व के ? प्रश्न गर्नुभयो । त्यस्ता डिग्री कागजको खोस्टा समान हुन् व्यवहारिक ज्ञानलाई चिनौ ।’

व्यवहारिक शिक्षा आजको आवश्यकता भएको भन्दैं उहाँले पढौं पढाऔँ र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ पुस्तकालयको महत्व र पठन संस्कृतिको विकास गर्न आग्रह गर्नुभयो । काँकरभिट्टा माविको विगतदेखि बर्तमानसम्मको सवै अवस्थाकाबारेमा स्थानीय सरकार जानकार रहेको र विद्यालयको शैक्षिक सुधारकालागि बजेटमार्फत सम्बोधन हुदैं आएको समेत उहाँले जानकारी गराउनुभयो । जग्गा स्वामित्वका बारेमा सम्बन्धित पक्षसँग पटक पटक छलफल चलेको अहिले पनि वार्ता र छलफलका माध्यमाबट यसलाई टुङग्याउने गरी स्थानीय सरकार लागेको बताउँनुभयो ।

विद्यालयका प्रधानध्यापक हरिप्रसाद न्यौपानेले शब्दमार्फत सहभागी सवैलाई स्वागत गर्नुभएको थियो भने अनुशा न्यौपाने र विनिशा राईको टिमले स्वागत गीतमार्फत नृत्य प्रस्तुत गरेको थियो । विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष होम विष्टले कार्यक्रमको सभापतित्व गदैं प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूर्व विद्यार्थी समाजका अरुणकुमार प्रधान लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सञ्चालक सहायक प्रधानध्यापक मदन अधिकारीले गर्नुभएको थियो ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.