मेचीनगरमा पहिलो पटक ‘इन्जिनियरिङ एक्जिवेशन’ हुने

१० फागुन, धुलाबारी:  मेचीनगरमा पहिलो पटक ‘इन्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) हुने भएको छ ।

आज मेचीनगर–१० स्थित धुलाबारी क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा यहि फागुन १७ र १८ गते मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) ले ‘इन्जिनियरिङ एक्जिवेशन’ हुने जानकारी गराइएको हो ।

इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले मेचीनगरमा पहिलो पटक इन्जिनियरिङहरुको एक्जिवेशन हुन लागिरहेको बताए ।

उनले मेचीनगरलाई प्राविधिक शिक्षालयको हव बनाउन यो प्रदर्शनीले ठुलो महत्व राख्ने दावी गरे । यसका लागि यहाँका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रत्यक्ष अवलोकनका लागि बोलाइएको इन्स्टिच्युटले जनाएको छ ।

इन्स्टिच्युटमा करिव १२५ जना आर्किटेक्चर, आईटी र सिभिल इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरुले विभिन्न विषयमा १० वटा समूह बनाएर प्रदर्शनी गर्ने मैनालीले जानकारी दिए ।

विधागत सामाग्री सिर्जना गरी यस क्षेत्रमा उपयोग हुने इन्जिनियरिङ तथा सूचना प्रविधिका आधार निर्माण गर्न, परियोजनाको डिजाइन, विकासमा प्राविधिक प्रस्तुतीकरण, सहयोग र टोल निर्माणमा कौशलता देखाइ यस्ता क्रियाकलापमा उत्प्रेरित गराउन विद्यार्थीहरुलाई यो प्रदर्शनी उपयोगी हुने इन्स्टिच्युटका प्रशासन प्रमुख पुष्पराज पौडेलले बताए ।

युवाहरुलाई विदेश जानबाट रोक्न र आफ्नै देश र क्षेत्रमा प्राविधिक विषयमा दक्ष बनाई रोजगारी दिलाउन समाजमा चेतनामुलक कार्यहरु गर्दै आएको पौडेलको भनाई छ । सोही अवसरमा आर्किटेक्चरमा डिग्री गरेका पहिलो व्याचका ३८ जना इन्जिनियरहरुलाई विदाइ समेत गरिने उनले बताए ।

सिभिल इन्जिनियर सागर बुढाथोकीले विद्यार्थीहरुले यहाँका उद्योगहरुमा हुने पोलुसन रोक्न नयाँ मोडलहरु तयारी गरिरहेको बताए ।

उनले यातायातका सवारी साधानबाट हुने सडकजाम लगायतका विषयमा पनि कसरी सहज बनाउन सकिने यस्ता विषयमा विद्यार्थीहरुले अध्यायन गरिरहेको दावी गरे ।

आर्किटेक्ट इन्जिनियर कमल नेपालीले स्मार्ट सिटी कसरी बनाउन सकिन्छ, त्यसको तयारी भइरहेको बताए । अर्का इलेक्ट्रिकल इन्जिनियर सुरेश निरौलाले प्राविधिक क्षेत्रका विषयमा स्थानीयस्तरमा बुझाउन जरुरी रहेको बताए ।

कक्षा ९ र १० का विद्यार्थीहरुलाई भविश्यमा प्राविधिक विषयमा ज्ञान होस् भन्ने उदेश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल मैनालीले बताए । छिमेकी देश भारतका विद्यार्थीहरुले पनि यस विषयमा चासो लिइरहेको उनको भनाई छ ।

धुलाबारीको प्राविधिक शिक्षालयल आर्किटेक्चरको डिग्री लेवलमा विद्यार्थीहरु देशकै दोस्रो र कोशी प्रदेशको पहिलो बन्न सफल भएको उनले बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.