१७ फागुन, मेचीनगर : झापाको मेचीनगरमा विहीबारबाट झापामै पहिलो पटक दुईदिने ‘इञ्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) शुरु भएको छ । मेचीनगर–१० स्थित धुलाबारी क्याम्पसमा परिसरमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) ले ‘इञ्जिनियरिङ एक्जिवेशन’ शुरु गरेको हो । विद्यार्थीले पढेका, सिकेका र जानेका कुरालाई प्रदर्शनीमा राखिएको छ । ‘इन्जिनियरिङ एक्जिवेशन’ शुक्रबारसम्म चल्ने छ । आयोजकले यसलाई कोशी प्रदेशकै पहिलो पटक भएको दाबी गरेको छ ।
‘इञ्जिनियरिङ एक्जिवेशन’ उदघाटन सत्रका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले विधिवत उद्घाटन गर्नुभएको थियो । अब नेपाली समाज र हरेक शैक्षिक संस्थाहरुले परम्परागत शिक्षा पद्धतिलाई संशोधन गर्दै समयानुसार बनाउदैं लैजानुपर्ने बताउनुभयो । निःशुल्क शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले यस्तो अधिकारबाट कसैलाई पनि बञ्जित गराउनु नहुने भन्दैं स्थानीय सरकारको पहिलो प्राथमिकता प्राविधिक शिक्षा रहेको समेत नगरप्रमुख बुढाथोकीले स्पष्ट पार्नुभयो ।
अब हरेक नागरिकलाई दक्ष र योग्य बनाउन प्राविधिक शिक्षाको आवश्यकता औल्याउर्दै उहाँले यसक्षेत्रको गहनाको रुपमा रहेको यो शिक्षालयले परम्परागत शिक्षाभन्दा बैकल्पिक शिक्षा पद्धतिलाई अघि बढाएकोमा खुशी प्रकट गर्नुभयो । ‘प्रविधिक शिक्षा आजको आवश्यकता हो ’उहाँले भन्नुभयो —‘आधूनिक शिक्षाको मन्दिर समेत भएको यो शिक्षालयको मुख्यः आधार विद्यार्थी भएकाले हरेक विद्यार्थीहरुको आर्कषणको बिन्दु बनाउन समेत सवैमा आग्रह गर्दछु । ’
उद्घाटन सत्रका विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने स्पष्ट पार्नुभयो । यसका लागि स्थानीय सरकार लागि परेको र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको जानकारी गराउनुभयो । । स्थानीय सरकारले सिमीत श्रोत र साधनका बाबजुद पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदैं उहाँले शिक्षा, स्वास्थ्य, कृषिलगायत स्थानीय सरकारको प्राथमिकतामा रहेको धारणा राख्नुभयो ।
गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं उहाँले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताउनुभयो । उत्पादन एवम् उद्यमशिलता अभिवृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्ने स्पष्ट पार्नुभयो । ‘उद्यमशीलता, उत्पादन र रोजगारी बृद्घिको लागि शिक्षलाई सीपसँग जोड्नुपर्छ’ उपपमुख उप्रेतीले भन्नुभयो—‘ हामीले पढेका धेरै ज्ञानको जीवनमा उपयोग नै आउदैनन् , व्यवहारमा प्रयोग हुदैन् भने डिग्री गरे पनि त्यस्तो शिक्षाको महत्व के ? प्रश्न गर्नुभयो । त्यस्ता डिग्री कागजको खोस्टा समान हुन् व्यवहारीक ज्ञानलाई चिनौ ।’ व्यवहारिक शिक्षा आजको आवश्यकता भएको भन्दैं उहाँले पढौं पढाऔँ र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ पुस्तकालयको महत्व र पठन संस्कृतिको विकास गर्न आग्रह गर्नुभयो । मेचीनगरभित्र सञ्चालनमा रहेका शिक्षण संस्था नगरकै गहना भएका र यसको टिकाउका लागि आम नगरवासीको कर्तव्य र आवश्यकता उहाँले औल्याउँनुभयो ।
नगरभित्रका शैक्षिक संस्थाको विगतदेखि बर्तमानसम्मको सवै अवस्थाका बारेमा स्थानीय सरकार जानकार रहेको र ती शैक्षिक संस्थाको शैक्षिक सुधारकालागि हरेक वर्ष बजेटमा सक्नेजति सम्बोधन हुदैं आएको समेत उहाँले जानकारी गराउनुभयो । ‘नगरभित्रको ठूलो विद्यार्थीहरुको संख्या उच्च शिक्षाकै लागि नगरभित्रै रहेका सुविधा सम्पन्न र गुणस्तरीय शैक्षिक संस्था छाडेर बाहिर जाने गरेका छन् ’ उपप्रमुख उप्रेतीले भन्नुभयो—‘ यो किन भईरहेको छ, कारण खोजौं र समस्या भए समाधान गरौ । ’
मेचीनगरका निवर्तमान नगरप्रमुख विमल आचार्यले हरेक शैक्षिक संस्थाले अभिभावकहरुलाई सँगसँगै लिएर हिड्नुपर्ने बताउनुभयो । विगतदेखि नै नगरभित्रका शैक्षिक संस्थाहरुको अवस्था दयनीय भएको भन्दैं यसमा स्थानीय सरकार, अभिभावक तथा शिक्षासेवीदेखि समाजसेवीहरु सक्रियरुपमा लागेर चलायमान बनाउनपर्नेमा उहाँले जोड दिनुभयो । ‘अब हरेक अभिभावकहरु शैक्षिक संस्थामा जोडिनुपर्छ, समन्वय गर्नुपर्छ ’उहाँले भन्नुभयो— अनि मात्र हरेक शिक्षा संस्थाले गुणस्तर शिक्षा प्रदान गर्दछन् ।’
इन्स्टिच्युटका प्रिन्सिपल इञ्जिनियर रुद्र मैनालीले अध्यक्षता गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश र सहभागी सवैमा स्वागत गर्नुभएको थियो । उहाँले विद्यार्थीले आफैले सिकेको, पढेको, र जानेको सीपलाई प्रदर्शनीमा राखेको स्पष्ट पार्नुभयो । मेचीनगरलाई प्राविधिक शिक्षालयको हव बनाउन यो प्रदर्शनीले ठुलो महत्व राख्ने उहाँको भनाई थियो । कक्षा ९ र १० का विद्यार्थीहरुलाई भविष्यमा प्राविधिक विषयमा ज्ञान होस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल मैनालीले बताउनुभयो ।
प्रशिक्षक दामोदर ढुङेलले सञ्चालन गर्नुभएको कार्यक्रममा धुलावारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवास, प्रमुख पुष्पराज पौडेललगायतले बोल्नुभएको थियो । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न र आफ्नै देशमा प्राविधिक विषयमा दक्ष बनाई रोजगारी दिलाउन समाजमा चेतनामुलक कार्यहरु गर्दै आएको स्पष्ट पार्नुभयो । विधागत सामाग्री सिर्जना गरी यस क्षेत्रमा उपयोग हुने इञ्जिनियरिङ तथा सूचना प्रविधिका आधार निर्माण गर्न, परियोजनाको डिजाइन, विकासमा प्राविधिक प्रस्तुतीकरण, सहयोग र टोल निर्माणमा कौशलता देखाइ यस्ता क्रियाकलापमा उत्प्रेरित गराउन विद्यार्थीहरुलाई यो प्रदर्शनी उपयोगी हुने इन्स्टिच्युटका प्रशासन प्रमुख समेत रहनु भएका पौडेलले बताउनुभयो ।
‘इञ्जिनियरिङ एक्जिवेशन’ मा आइटि विभागबाट सातवटा, आर्किटेक्चर विभागबाट एघारवटा सिभिल विभागबाट आठवटा गरी कुल २६ वटा विद्यार्थीले बनाएका संरचना प्रदर्शनि स्टलमा राखिएको छ ।