१३ जेठ, मेचीनगर : अत्यधिक गर्मी बढेको कारण पठन पाठनमा असहज अवस्था आएको भन्दै भोलि सोमबार मेचीनगरका सबै विद्यालयहरु बिदा दिइएको छ । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीद्वारा आज फेसबुकमा एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिनु भएको हो ।
गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले जानकारी दिनुभयो ।
“मौसमको अवस्था हेरेर १ दिनलाई बिदा दिइएको हो, भण्डारीले भने- मंगलबार बिदानै छ, अवस्था सामान्य भए बुधबारबाट नियमित पठनपाठन हुनेछ ।”
हाललाई दिएको बिदा आउँदो बर्खे बिदाबाट कट्टी गरिने भण्डारीले बताए । मेचीनगरमा आजको तापक्रम ३८ डिग्री सम्म मापन गरिएको थियो ।
हेर्नुहोस् शिक्षा शाखा प्रमुख भण्डारीको फेसबुक सूचना :