बिर्तामोड नगरपालिका नगर शिक्षा शाखाले बृहद बौद्धिक प्रतिभा प्रदर्शनी आयोजना

बिर्तामोड नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले बिर्तामोड नगर शिक्षा शाखाले शनिबार एक बृहद बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रमको आयोजना गरेको थियो। बिर्तामोड स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न पाँच विधाका बौद्धिक प्रतिभाहरूलाई प्रतिस्पर्धा गराइएको थियो।

बिर्तामोड नगर शिक्षा शाखाका प्रमुख तिल्चन भण्डारीको अध्यक्षतामा सञ्चालित बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रमको उद्घाटन नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै उपमेयर संग्रौलाले विद्यार्थीहरूलाई गोरा किताबी ज्ञान मात्र नदिई उनीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन हुने किसिमका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा कक्षा ६ देखि ८ कक्षामा अध्ययनरत विद्यार्थीहरूले मादल बजाउने, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको लागि गायन प्रतियोगिता, कक्षा ४ र ५ का लागि दुना टपरी बनाउने प्रतियोगिता, कक्षा १ २ ३ का लागि चित्रकला प्रतियोगिता र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि आकस्मिक बकृत्वकला प्रतियोगिता सञ्चालन गरिएका थिए। प्रतियोगितामा चित्रकलातर्फ सेन्ट जेभियर्स माविका रिक्सन शेर्पा प्रथम नवोदय फनमिन स्कुलका सक्षम कार्की द्वितीय गोमेन्द्र बिर्तामोडल स्कुलका युनिका राजबंशी तृतीय र न्युटन एजुकेसन कि अरविन पौडेल र कन्चनजंगा बोर्डिङका रिहाना श्रेष्ठ सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

यसैगरी गायनतर्फ न्युटन एजुकेसनका स्माइल बजगाई प्रथम सुनगाबा बोर्डिङका पूजन बुढा क्षेत्री द्वितीय कञ्चन बोर्डिङका रोजी शेख तृतीय साथै बुद्ध स्मृति बोर्डिङका प्रसुन गुरागाई र मनमाया माविका रोहीका तिम्सिना ले सान्तवना पुरस्कार प्राप्त गरेका थिए।

मादल बजाउने तर्फ न्युटनका संस्कार सापकोटा प्रथम, हेमिटी बोर्डिङका अचेतन भट्टराई द्वितीय वाल्मिकी बोर्डिङका हृदयराज खनाल। तृतीय र ग्लोरी बोर्डिङ का मौसम तिम्सिना र देवी माविका संजय प्याकुरेल ले सान्त्वना पुरस्कार जितेका थिए।

यसैगरी दुना टपरी बनाउने प्रतियोगिता अन्तर्गत मनमाया माविका सोनिया लिम्बु प्रथम महेन्द्र रत्न मावि कि खुशबु शर्मा द्वितीय , दुर्गा माभिका प्रनिश पाठक तृतीय र ग्रिन फिल्ड कि  आहना प्रधान र रुद्र मेमोरियल स्कुलका अनिषा भट्टराई शान्तवना भएका थिए।

माध्यमिक तहतर्फ सञ्चालित आकस्मिक वक्तृत्वकला एक्सटेम्पर स्पिच मा बाल्मिकी एजुकेसनका हृदयप्रसाद शिवाकोटी प्रथम, निधि माविका श्रेयम शिवाकोटी द्वितीय महेन्द्ररत्न मावि कि प्रस्तुति भट्टराई तृतीय र मोहनमाया मावि कि आयुश्री मिश्र र टावर टेम्पल स्कुलकी सोनाक्षी राई शान्तवना भएका थिए।

पाँचवटा विधामा सञ्चालित प्रतियोगितामध्ये चित्रकला प्रतियोगिता न्युटन एजुकेसन एकाडेमीमा शुक्रबार सञ्चालन भएको थियो।

समापन समारोहको प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईले सानासाना बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्ने कार्यक्रम आयोजना गरेकोमा शिक्षा शाखा तथा विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको खोजी गर्न नगरपालिका सदैव तयार रहेको बताएकी थिइन्। प्रतियोगितामा निर्णायकको रूपमा बिर्तामोड नगरपालिका भन्दा बाहिरका विज्ञहरूलाई बोलाइएको थियो। विजयी प्रतियोगीहरूलाई शिक्षक महासङ्घका अध्यक्ष युवराज कट्टेल सचिव उमनाथ भण्डारी दुर्गा माविका प्रधान अध्यापक लक्ष्मण शिवाकोटी सरस्वती माविका प्रधानध्यापक दीपक लुइटेल महेन्द्र रत्न माविका प्रधान अध्यापक खड्ग प्रसाद खरेल लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए भने विजयी प्रतियोगीले नगद पुरस्कार समेत प्राप्त गरेका थिए। प्रतियोगिताको सञ्चालन लीलाप्रसाद भण्डारी धर्मेन्द्र भट्टराई देवेन्द्र हुमागाईं लगायतले गर्नुभएको थियो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.