३१ साउन, दुहागढी : मेचीनगर नगरपालिकाले यहाँको एउटा सामुदायिक विद्यालयलाई विद्यालय गाडी (म्याजिक भ्यान) हस्तान्तरण गरेको छ । मेचीनगर नगरपालिका —१४ स्थित दुहागढीमा रहेको जिल्लाकै नमूना श्री बालसुबोधिनी माध्यमिक विद्यालयलाई स्कुल म्याजिक भेन हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । बालसुबोधिनी हरेक दृष्टिकोणले विद्यार्थीदेखि अभिभावकासम्मको रोजाईमा पर्ने गरेको छ । जिल्लाभित्र र बाहिर थुप्रै विद्यार्थी शिक्षक अध्ययन अवलोकनका लागि आउने गरेका छन् ।