“शान्ति स्थापनामा स्काउटको भूमिका” विषयक प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

५ असोज, बेलबारी : कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा “शान्ति स्थापनामा स्काउटको भूमिका” विषयक प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेशका २४ वटा स्थानीय तहका स्काउटहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाबाट सहभागी पोखरीया स्काउट दलकी स्काउट रागिनी न्यौपाने प्रथम, धरान उपमहानगरपालिकाबाट सहभागी पब्लिक हाई स्काउट दलका स्काउट अनुप झा द्वितीय र लेटाङ नगरपालिकाबाट सहभागी लक्ष्मी स्काउट दलकी स्काउट रक्षा ओझा तृतीय हुनुभएको छ।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक  अरुण बस्नेत, महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र साहित्यकार कविता केशरी निर्णायकको भूमिकामा रहनुभएको थियो ।

बेलबारी बहुमुखी क्याम्पस, बेलबारीको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख आयुक्त  हेमन्त भण्डारीज्यूले गर्नुभएको थियो र संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा विजयी हुने स्काउटलाई प्रथम पुरस्कार रु. ७ हजार ७ सय ७७ नगद , द्वितीय पुरस्कार रु. ५ हजार ५ सय ५५ नगद र तृतीय पुरस्कार नगद रु. ३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवानज्यू, प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरेज्यू, प्रदेश सामुदायिक विकास आयुक्त  रिता पाठकज्यू, स्थानीय प्रमुख आयुक्तज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकहरु गङ्गाराम राई, श्री संगीता पराजुली, प्रदेश परिषद् सदस्यहरु नारायण श्रेष्ठ, श्री गोपाल पौडेल, ओमप्रसाद आचार्य उपाध्याय, स्काउट लिडरहरु,रोभर/ रेन्जर, स्थानीय बुद्धिजीवी एवं समाजसेवीहरु, अभिभावकहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, स्काउटहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.