काँकरभिट्टा क्याम्पसको सातौँ क्याम्पस सभा सम्पन्न “अहिलेकै अवस्थमा सामुदायिक क्याम्पस चल्न नसक्ने“ प्रदेश सभा सदस्य – तामाङ

११ असोज, मेचीनगर : कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले अहिले अधिकाँश सामुदायिक क्याम्पसहरूको अवस्था निक्कै दयनीय रहेको भन्दै यसको सुधार र प्रवर्द्धनका लागि कोशी प्रदेश सभा, कोशी प्रदेश सरकार अघि बढेको बताउनुभएको छ ।

शुक्रबार झापाको मेचीनगरस्थित काँकरभिट्टा बहुमुखी क्याम्पसको सातौँ क्याम्पस सभाको उद्घाटन गदैँ प्रदेश सभा सदस्य गोपाल तामाङले वर्तमान अवस्था झै रहने हो भने अब थुप्रै सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुग्ने दाबी गर्नुभयो ।

हरेक क्षेत्रलाई समाजसँग जोड्न र शैक्षिक संस्थाको सवैखाले सुधारका लागि सवैको भूमिका महत्वपुर्ण हुने भएकाले एक्लै नभई सवै मिलेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । त्यसमा कोशी प्रदेशसभा, प्रदेश सरकार र आफू आवद्ध दलसँग पुलको काम आफुले गर्ने स्पष्ट पार्नुभयो ।

पछिल्लो समय अप्राविधिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण घटिरहेकाले अब प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने प्रदेश सभा सदस्य तामाङले आवश्यकता ओैँल्याउँनुभयो । उहाँले प्राविधिक विषयको स्वीकृति प्राप्ति ,सञ्चालनमा आर्थिक व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन र दक्ष जनशक्ति व्यवस्थापन पनि उत्तिकै कठिनाई रहेको समेत विचार राख्नुभयो । शैक्षिक सुधारकालागि अब हरेक शैक्षिक संस्थाहरू लाग्नु पर्ने उहाँको भनाई थियो ।

काँकरभिट्टा क्याम्पससँग निक्कै अवसर रहेकाले ती अवसरलाई सदुपयोग गर्न सके आगामी दिनमा राम्रो परिणाम हात पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । क्याम्पसको प्रभाव क्षेत्रभित्र साथै बाहिरबाटसमेत विद्यार्थी पढ्न आउने सम्भावना रहेकाले हरेक अभिभावक र विद्यार्थीका लागि क्याम्पस आकर्षक बन्न सक्नुपर्ने सुझाव समेत दिनुभयो ।

विद्यार्थीहरूमा नजिकमा प्राप्त हुने उच्च शिक्षाप्रति भन्दा टाढा गएर प्राप्त हुने शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ त्यसको कारण खोज्न प्रदेश सभा सदस्य तामाङले सुझाव दिनुभयो । ‘स्थानीय स्तरका शैक्षिक संस्थाहरू स्थानीय स्तरकै अभिभावक र विद्यार्थीहरूका लागि आकर्षण बन्न सक्नुपर्छ ’उहाँले भन्नुभयो । शैक्षिक संस्थाको प्रभाव क्षेत्रभित्रका विद्यार्थी अन्यत्र पढ्न गए यसको सकरात्मक सन्देश नजाने भएकाले सञ्चालक, शिक्षकहरू यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

क्याम्पसका सामाजिक परीक्षण समितिका संयोजक पोषक दर्जीले सामाजिक परीक्षण प्रतिवेदन र सञ्चालक समिति सदस्य भगिरथ भण्डारीले बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेश सभाका निवर्तमान कोशी प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्य, क्याम्पसका सल्लाहकार रामचन्द्र उप्रेती, काँकडभिट्टा बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति विष्णु गौतमलगायत विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि , क्याम्पसको अक्षयकोषदाता, भवन निर्माणकर्ता, चन्दादातालगायत शिक्षासेवी, पूर्व विद्यार्थीसहितको उपस्थिति रहेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन र २०८०÷०८१ को क्याम्पसको बार्षिक प्रतिवेदन क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती र सहभागी सबैलाई सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले शब्दमार्फत स्वागत गर्नुभयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.