काँकभिट्टा बहुमुखी क्याम्पसको २६ औं वार्षिकोत्सव सम्पन्न : विभिन्न विधाका पुरस्कार वितरण

१४ पौंष, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसको २६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । क्याम्पसका अध्यक्ष कमल थापा क्षेत्रीको अध्यक्षता र मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुडाथोकीको प्रमुख अथित्यतामा सम्पन्न वार्षिकोत्सव समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापका विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा आयोजित फूटबल, भलिबल, क्रिकेट, चेस, टेबल टेनिस एवम् नृत्य प्रतियोगिताकाका विजेता तथा उत्कृष्ठहरुलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पूर्व विद्यार्थी संगठनका अध्यक्ष केदार ढकाल, स्वतन्त्र विद्यार्थी युनियनका सभापति विशाल तामाङ्ग, पब्लिक क्याम्पस संघ झापाका कोषाध्यक्ष प्रेमप्रसाद घिमिरे एवम् पूर्व नगर प्रमुख विमल आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो । सञ्चालक समिति सदस्य दुर्गाप्रसाद सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्याम्पस प्रमुखले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन अध्यापकहरु दुर्गाबहादुर लुइटेल र लम्बोदर पौडेलले गर्नुभएको थियो ।

निर्वाचन समिति गठन
क्याम्पसको वर्तमान कार्यसमितिको पौंष १३ गतेबाट कार्यकाल समाप्त भएकोले नयाँ कार्यसमिति निर्वाचनको लागि शिक्षा संकाय प्रमुख वरिष्ठ अध्यापक हेमकुमार खड्काको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । समितिको सदस्यहरुमा माधव अर्याल, राजु पोखरेल, सुभद्र भट्टराई र धनकुमार राई रहेका छन् । निर्वाचन समितिले स्थानीय राजनीतिक दलहरुसँगको परामर्शमा यही पौंष मसान्त भित्र सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट सञ्चालन समितिको निर्वाचन गर्ने छ ।

फोटो फिचर :

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.