सहिद दशरथ माविले वितरण गर्यो छात्रवृत्ति : अबको समय प्राविधिक शिक्षाको भएको उपप्रमुख उप्रेतीको भनाई

२४ माघ, चारआली : सहिद दशरथ चन्द मावि मेचीनगर–१३ ले विहिबार विभिन्न विधाका छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यालयको ५७ ओैँ वार्षिकोत्सबका अवसर पारेर उत्कृष्ट अंक प्राप्त गर्ने विभिन्न तहका विद्यार्थीहरुलाई छात्रावृत्ति रकम प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले वार्षिकोत्सब समारोहको पानसमा दीप प्रज्वलन गरि विधिवत उद्घाटन गर्दैं छात्रवृत्ति रकम प्रदान गर्नुभयो ।

दाताराम यमुना भट्टराई स्मृति अपाङ्गता सहयोग छात्रवृत्ति कोषबाट प्राप्त छात्रवृत्ति रकम छात्रातर्फ दुर्गा बेगा लिम्बू, एलिशा लिम्बू ,आशिका पौडेल, जुनु भट्टराई, रियाना थेवे, एलिना भण्डारी र छात्रतर्फ अविशेख पौडेल, युजिन योङहाङ्ग, उमेश प्रसाईं र दिवस बुढाथोकीलाई प्रदान गरियो । छात्रवृत्ति रकम जनही चार ÷चार हजार रूपैयाँ रहेको छ ।

शर्मानन्द खरेल छात्रवृत्ति चारजनालाई प्रदान गरियो । छात्र आयुस सेलिङ्ग तथा छात्रातर्फ पुर्णिमा नेपाल, रियाना थेवे र सुप्रियाँ राईलाई जनही नगद पाच÷पाच हजार रूपैयाँ प्रदान गरियो । छात्र ज्ञानेन्द्र राजवंशी, चन्द्र राजवंशी, तथा छात्रातर्फ माङसेमा चेम्जोङ, दिया चौधरीलाई जनही नगद सात÷सात हजार रूपैयाँको आइतमाया टेकबहादुर स्मृति छात्रवृत्ति रकम प्रदान गरियो ।

हंसलाल राजवंशी छात्रवृत्ति छात्रातर्फ आरती राजवंशी, सुनिता लिम्बू र भूमिका नेपाललाई प्रदान गरियो । राजवंशीको नगद राशी पाच हजार रूपैयाँ र बाकी दुईजनाको जनही तीन/तीन हजार रूपैयाँ रहेको छ । सवैलाई अक्षय कोष दाताहरूले नगद रकम प्रदान गर्नुभएको थियो ।

बर्षउत्कृष्ट शिक्षकका रूपमा विद्यालयका सहायक प्रधानध्यापक रमेश सापकोटा सम्मानित हुनुभयो । नगद एकहजार रूपैयाँको वर्ष उत्कृष्ट तथा वर्ष अनुशासीत विद्यार्थी सम्मान कक्षा ५ मा अध्ययनरत छात्रा कञ्चन तामाङलाई प्रदान गरियो ।

प्रमुख अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेती सम्मानित शिक्षक तथा विद्यार्थीलाई सम्मान पत्र प्रदान गर्नुभयो भने विशिष्ट अतिथि, विशेष अतिथिहरूले दोसल्ला अविर टीका र माला पहिर्याउनुभयो । वर्षउत्कृष्ट अभिभावक सम्मानबाट जीवन पौडेल सम्मानित हुनुभयो ।

प्रमुख अतिथि उपप्रमुख उप्रेतीले उद्घाटन मन्तव्य राख्दैं हरेक क्षेत्रलाई समाजसँग जोड्न र शैक्षिक संस्थाको सवैखाले सुधारका लागि सवैको भूमिका महत्वपुर्ण हुने भएकाले एक्लै नभई सवै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । त्यसमा स्थानीय सरकारले निभाउने भूमिकामा स्थानीय सरकार, मेचीनगर नगरपालिका र आफूले पुलको काम गर्ने स्पष्ट पार्नुभयो ।

पछिल्लो समय अप्राविधिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण घटिरहेकाले अब प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने उपप्रमुख उप्रेतीले आवश्यकता ओैँल्याउँनुभयो । उहाँले प्राविधिक विषयको स्वीकृति प्राप्ति , सञ्चालनमा आर्थिक व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन र दक्ष जनशक्ति व्यवस्थापन पनि उत्तिकै कठिनाई रहेको समेत विचार राख्नुभयो । शैक्षिक सुधारकालागि अब हरेक शैक्षिक संस्थाहरू लाग्नु पर्ने उहाँको भनाई थियो ।

विद्यार्थीहरूमा नजिकमा प्राप्त हुने उच्च शिक्षाप्रति भन्दा टाढा गएर प्राप्त हुने शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ त्यसको कारण खोज्न उपप्रमुख उप्रेतीले सुझाव दिनुभयो । ‘स्थानीय स्तरका शैक्षिक संस्थाहरू स्थानीय स्तरकै अभिभावक र विद्यार्थीहरूका लागि आकर्षण बन्न सक्नुपर्छ ’उहाँले भन्नुभयो । शैक्षिक संस्थाको प्रभाव क्षेत्रभित्रका विद्यार्थी अन्यत्र पढ्न गए यसको सकरात्मक सन्देश नजाने भएकाले सञ्चालक, शिक्षकहरू यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

उपप्रमुख उप्रेतीले नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने स्पष्ट पार्नुभयो । यसका लागि स्थानीय सरकार लागि परेको र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको जानकारी गराउनुभयो । स्थानीय सरकारले सिमीत श्रोत र साधनका बाबजुद पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदैं उहाँले शिक्षा, स्वास्थ्य, कृषिलगायत स्थानीय सरकारको प्राथमिकतामा रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं उहाँहरुले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताएका थिए । उत्पादन एवम् उद्यमशिलता अभिवृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्न वक्ताहरुले सुझाव दिएका थिए । ‘उद्यमशीलता, उत्पादन र रोजगारी बृद्घिको लागि शिक्षलाई सीपसँग जोड्नुपर्छ’ सहभागी वक्ताहरुले भने —‘ हामीले पढेका धेरै ज्ञानको जीवनमा उपयोग नै आउदैनन् , व्यवहारमा प्रयोग हुदैन् भने डिग्री गरे पनि त्यस्तो शिक्षाको महत्व के ? व्यवहारिक शिक्षा आजको आवश्यकता भएको भन्दैं उनीहरुले पढौं पढाऔँ र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ पुस्तकालयको महत्व र पठन संस्कृतिको विकास गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईँ, स्वर्ण महोत्सव स्तम्भ दाता शरद शिवाकोटीलगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर बुढाथोकीको अध्यक्षतामा भएको वार्षिकोत्सबमा विद्यालयका प्रधानध्यापक लेखनाथ पौडेलले विद्यालयको विगत तथा वर्तमान अवस्था समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातिको कला, संस्कृति झल्किने भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले केहीदिन अघि आयोजना गरेको खेलकुद कार्यक्रममा विभिन्न विधामा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

शिक्षक तेजप्रसाद खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहायक प्रधानध्यापक तुलसा खरेलले उद्घाटन सत्रमा सहभागी सवैलाई शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.