धरानमा प्रदेशस्तरीय स्काउट आधारभूत तालिम सुरु

२२ फागुन, धरान : नेपाल स्काउट कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा फागुन २२ गते बिहीबार देखि सामुदायिक माध्यमिक विद्यालयका शिक्षकहरुका लागि स्काउट आधारभूत तालिम शुभारम्भ भएको छ।

धरान-८ स्थित लाङ्घाली सामुदायिक वनमा कोशी प्रदेश सभाका माननीय रमेश कुमार वस्नेतले राष्ट्रिय झण्डा उत्तोलन गरी तालिमको शुभारम्भ गर्नुभएको थियो । तालिम २०८१ फागुन २२ गतेदेखि २७ गतेसम्म संचालन हुने पुरुषतर्फका कोर्स लिडर नवलप्रसाद उपाध्यायले बताउनु भयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल प्रसाद दाहाल, शिक्षा अधिकृत  हरि प्रसाद दाहाल, प्रदेश कार्यसमितिका पदाधिकारीहरु, प्रदेश परिषद सदस्यहरु, धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा लगायत राष्ट्रिय प्रशिक्षकहरु, सहायक राष्ट्रिय प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिममा कोशी प्रदेशका विभिन्न सामुदायिक विद्यालयका ९६ जना शिक्षकहरुको सहभागिता रहेको नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले बताउनु भयो ।

तालिममा पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक नवल प्रसाद उपाध्याय, सहायक राष्ट्रिय प्रशिक्षक सुशील राई र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक  शिवानी देवान कोर्ष लिडर रहनुभएको छ।

प्रदेश अधिकृत नवराज घिमिरेरे सञ्चालन गर्नुभएको कार्याक्रममा नेपाल स्काउट धरान उपमहानगरपालिका स्थनीय प्रमुख आयुक्त मधुसुधन घिमिरेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.