स्काउटको ६४औं उडवायज र ५२औं एड्भान्स तालिम सम्पन्न

३० चैत्र, बुद्धशान्ति : झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित श्री गडिगाउँ माध्यमिक विद्यालयमा ६४औं उडवायज र ५२औं एड्भान्स स्काउट तालिम सम्पन्न भएको छ। उक्त तालिम प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजनामा, बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा तथा बुद्धशान्ति स्थानीय स्काउट कार्यालयको संयोजनमा सम्पन्न भएको हो।

तालिममा मेचीनगर, विर्तामोड र भद्रपुर नगर स्काउट समितिको विशेष सहयोग रहेको थियो। ५ रात ६ दिन दिनसम्म सञ्चालन भएको तालिममा रोभर, रेञ्जर तथा विभिन्न स्थानीय तहका स्काउटहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

चैत्र २४ गतेबाट सुरु भएको तालिम ३० गते सम्पन्न भएको थियो । तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाका २२ जना महिला र २१ जना पुरुष गरी जम्मा ४३ जना स्काउट लिडरहरुको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रमको दिन कोशी प्रदेश प्रमुख आयुक्त हेमन्तराज भण्डारीले बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईलाई नेपाल स्काउटको दीक्षान्त प्रदान गर्नुभएको थियो। यस्तै, तालिमको पाँचौं दिन उपाध्यक्ष तथा स्थानीय तह स्काउट प्रमुख  भवानीप्रसाद खतिवडालाई प्रदेश शैक्षिक पद्धति आयुक्त  शिवानी देवानले दीक्षित गर्नुभएको थियो।

तालिममा नेपाल स्काउटका वरिष्ठ प्रशिक्षकहरू, काउन्सिलर, प्रदेश परिषद् सदस्यहरू तथा विभिन्न तहका स्काउट अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा पुरुष तर्फको कोर्ष लिडर  राष्ट्रिय प्रशिक्षक  शिवकुमार पौड्याल र महिला तर्फको कोर्ष लिडर राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भुवन सुव्वा हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रदेश सांसद तिलचन पाठक (चिन्तन), विशिष्ट अतिथि नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त  देवराज घिमिरे, अतिथिहरुमा राष्ट्रिय सुशासन तथा वित्त आयुक्त अरुण वस्नेत, राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय,  गाउँपालिका शिक्षा अधिकृत कमलप्रसाद निरौला, लेखा अधिकृत अनिल घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान, कोशी प्रदेश परिषद सदस्यहरू भगिरथ राई, नारायण श्रेष्ठ, मिना कटुवाल, कोशी प्रदेश स्काउट कार्यालयका कार्यालय प्रमुख नवराज घिमिरे लगायत काउन्सिलरहरू गगनलाल राजभण्डारी, दुर्गाबहादुर लुइटेल, सिताराम पोखरेल, शिव नारायण चौधरी, खुमाकान्त अधिकारी, पवन कोईराला, सङ्गीता पराजुलीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेचीनगर स्थानीय स्काउट प्रमुख आयुक्त रीता थापा, बिर्तामोड स्थानीय स्काउट प्रमुख आयुक्त निकुञ्ज शर्मा, स्काउट लिडरहरु सुष्मा सुब्बा, अर्पण थापा, लुइसा लिम्बू लगायतका स्काउट प्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय प्रमुख आयुक्त शिवप्रसाद पौडेलले स्वागत गुर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश स्काउट कार्यलयका सहायक कुशेश्वर रायले गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.