असल मित्र नेपालको मेचीनगरमा शाखा औपचारिक घोषणा

३१ बैशाख, मेचीनगर : नौ बर्षअघि दोलखा जिल्ला प्रशासन कार्यालयमा दर्ता र समाज कल्याण परिषदमा आवद्ध भई विभिन्न सामाजिक काममा सक्रिय असल मित्र नेपालले झापाको मेचीनगरमा शाखा विस्तार गरेको छ ।

मंगलबार झापाको मेचीनगर— ६ काँकरभिट्टामा आयोजित परिचयात्मक तथा सहकार्य बैठकमा संस्थाले यस्तो जानकारी गराएको हो । तीनमहिना अघिदेखि नै मेचीनगर नगरपालिकाको वडा नम्बर — ८ मा शाखा कार्यालय स्थापना गरी संस्थाले विविध कार्यक्रम गदैं आएको कार्यक्रममा जानकारी गराईयो । मेचीनगर नगरपालिकाका कार्यवहाक नगर प्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका फिल्ड कोडिनेटर प्रधान कार्यालयका रित मुखियाले संस्थाका बारेमा जानकारी गराएकी थिईन् ।

असल मित्र नेपाल अति विपन्न , अनाथ जेहेन्दार, बालबालिका, युवा ज्येष्ठ नागरिक तथा सहाराविहिन र अवहेलनामा परेका पीडित महिलाहरु साथै ग्रामीण समुदायहरुलाई समेत समेटेर आवश्यक सेवा उपलब्ध गरी सामाजिक सेवा प्रदान गर्ने उद्धेश्यले स्थापना गरिएको मुनाफारहित सामाजिक संस्था भएको संस्थाको प्रधान कार्यालयका फिल्ड कोडिनेटर रित मुखियाले संस्थाका बारेमा जानकारी गराईन् ।

२०७३ साल पौष ६ गते जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता गरी २०७३ साल माघ ३ गते समाज कल्याण परिषदमा आवद्ध भएर कार्यरत यो संस्थाले स्थापना कालदेखिनै उद्धेश्य अनुसार सवै कार्यहरु सञ्चालन गदैं आएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अहिले संस्थालाई चलायमान बनाउन सात सदस्यीय कार्य समिति रहेको तथा केन्द्रिय कार्यालयको रुपमा जिरी नगरपालिका वडा नम्बर—८ मा रहेको तथा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा शाखा कार्यालय रहेको उनले बताईन् ।

संस्थाले शिक्षा सम्बन्धि कार्यक्रमहरुमा सञ्चालन गरी स्वास्थ्य र शिक्षाको स्तरवृद्धि गर्ने, गरीव असाहय र जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति तथा उपचार कार्यक्रम सञ्चालन गर्ने, समाजमा देखिएका विकृति विसंगतिलाईै हटाई स्वच्छ वाताबरण बनाएर चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने , समाजमा पछाडी पारिएका वर्गहरुको हितमा सीपमुलक नेतृत्व विकास र जनचेतनामुलक तालिमहरु सञ्चालन गर्ने, प्राकृतिक प्रकोपमा परेकाहरुका लागि आकस्मिक उद्धार पुनःस्थापना र पुनः निर्माणका कार्यहरु गर्ने , मानव बेचबखिन तथा ओसारपसार विरुद्ध जनचेतनामुलक कार्यक्रम रोकथाम उद्धार आकस्मिक आवासको व्यवस्था परामर्श पुनः स्थापना र आय आर्जनको लागि सीपमुलक तालिम सञ्चालन गर्ने संस्थाको मुख्यः उद्धेश्य ।हेको कार्यक्रममा जानकारी गराईयो ।

संस्थाले शिक्षा सम्बन्धि कार्यक्रमहरु , विद्यालय पोशाकलगायत शैक्षिक सामाग्री वितरण , स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु , बालबालिका , किशोर किशोरी र महिला लक्षित जनचेतनामुलक कार्यक्रम , आपकालिन सेवाहरु, ज्ेयष्ठ नागरिक आस्ता तथा सम्मान कार्यक्रमहरु, पुनः स्थापनाका कार्यहरु संस्थाले गरेको मुखियाले आफ्नो प्रस्तुतीकरणमा बताईन् ।

 

संस्थाले गरेका कार्यक्रमहरुबाट हालसम्म आठ हजारभन्दा माथिका विद्यार्थीहरु लाभान्वित , दर्जनौ सामाजिक कार्य सफलतापूर्वक सम्पन्न, विभिन्न जिल्लाहरुमा सेवा विस्तारगरेको कार्यक्रममा बताईयो । संस्थाले अन्य संघ संस्थाहरुसँग, सरकारसँग सहकार्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारिता, स्वयम्सेवकहरुको सक्रिय सहभागितामिलेर काम गरेको जानकारी दिईयो ।

संस्थाको प्रधान कार्यालयका फिल्ड कोडिनेटर रित मुखियाले ग्रामीणक्षेत्रमा शिक्षा सम्बन्धि कार्यक्रमहरु विस्तार गर्ने, पीडितहरुको पुनः स्थापना गर्ने, सचेतनामुलक अभियानहरु विस्तार गर्नै, स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, आपतकालिन सेवाहरुको निरन्तरता दिने, सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको भावी कार्यक्रम रहेको बताईन् ।

सामुहिक प्रयासले प्रभाव पार्ने, दीगो र व्यवस्थित काम गर्ने, श्रोतको व्यवस्थापन गरी कार्य गर्ने, विश्वशनिय र पहँुच , नयाँ विचार र नेतृत्वको विकास गर्ने , समुदायमा प्रत्यक्ष र अप्रत्यक्ष सेवा दिदैं समावेशी शिक्षित र सचेत समाज निर्माणका लागि असल मित्र नेपालको उदय भएको कार्यक्रममा बताईयो ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख उप्रेतीले संस्थाका उद्धेश्यहरु निक्कै राम्रा र गतिला भएका कारण संस्थाले उद्धेश्य अनुसार काम गर्न सकोस भन्दैं शुभकामना दिईन् । कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेश सभाका निवर्तमान कोशी प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, संस्थाका केन्द्रिय अध्यक्ष ज्ञानबहादुर सुनुवार, मेचीनगर नगरपालिका वडा नम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङलगायतले बोलेका थिए ।

संस्थाका मेचीनगर शाखा अध्यक्ष रमेश ‐दलबहादुर गुरुङ)को अध्यक्षतामा भएके कार्यक्रममा संस्थाका कार्यालय सहायक राजेश गुरुङले कार्यक्रमको सञ्चालन गदैं शाखा कार्यालय मेचीनगरकोे त्रैमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

मेचीनगर नगरपालिका वडा नम्बर —८ का वडाध्यक्ष गिरीराज धमला, वडा सदस्य एवम् न्यायिक समिति सदस्य कुन्दन निरौला, मेचीनगर नगरपालिका, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, मेचीनगर नगरपालिका जीबीभी विशेषज्ञ ‐लैगिंक हिंसा विज्ञ) कमला उप्रेती रिजाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा, सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरे, जनप्रतिनिधिहरु, स्वदेश एवम् विदेशका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी, अधिकारर्मी, संस्थाका केन्द्रिय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

 

 

Exit mobile version