हिमाल आरोहणमा गएका श्रीमान् प्रति , श्रीमतीको भावना-कविता शर्मा

कविता शर्मा

केहीदिन यतादेखि हजुरलाई माया गर्ने परिवारजन, आफन्त, साथीभाई, राजनितिकर्मीहरुले धेरैभन्दा धेरै फोन सम्पर्क गरिरहनु भएको छ । जब हजुर फोन नेटको सम्पर्कबाट बाहिर हुनुभयो, सबैले धेरै चासो र जिज्ञासा राखेर मलाई सोधिरहनुभएको छ । कहाँ पुग्नुभयो ? तपाईसँग सम्पर्क भएको छ कि छैन ? हामी त उहाँले हिमाल चढ्ने आट हिम्मत देखेर अत्यन्तै खुशी छौं तर सम्पर्क नहुँदा आत्तिएका पनि छौं । अनि केही माया गर्ने व्यक्तिहरुको चासोको विषय यस्तो पनि छ, “हैन ! कसरी यस्तो सोच आयो ? कत्रो हिम्मत गरेको को हो ? तपाईले कसरी पठाउनुभयो ? यस्ता यावत प्रश्नहरुको जवाफ धेरैभन्दा धेरै फोनमार्फत जिज्ञासा राख्नुहुने हजुरका शुभेच्छुकहरुलाई दिदै आएकी छु । अप्ठयारोमा सम्झिने नै आफ्नो हुने रहेछ ।

हरेको मानिसको आ–आफ्नै सपना हुदो रहेछ । लक्ष्य हुदो रहेछ । उहाँको सगरमाथा आरोहण गर्ने सपना र लक्ष्यका लागि केहीवर्ष यता उहाँले नियमितरुपमा फुटसल खेलेर स्वास्थ्य बनाएको शरीर र खानपानमा समेत सचेत भएको कुरा नजिकबाट नियाल्दै र साथ दिदै आएकी थिए । अघिल्लो पटक लोबुचे हिमाल आरोहण गरेर आएपछि त्यहाँको अनुभवले उहाँमा थप उर्जा थपियो, र यहि चैत्र महिनामै जाने निर्णय गर्नुभएको थियो । तर पार्टीको केही जिम्मेवारी पुरा गर्नु पर्ने र पार्टीका केहि महत्वपूर्ण बैठकहरुमा उपस्थित हुनुपर्ने नै भयो, संगसँगै शिक्षकहरु सडकमा आन्दोलन गरिरहेको अवस्था थियो । त्यो बेलामा उहाँ आफ्नो जिम्मेवारी पुरा गर्दै शिक्षकहरु जस्तै तेजु सर, तोयासरदेखि देशभरिका शिक्षकहरुसँग नियमित सम्पर्क संवादमा उहाँहरुका माग पुरा हुन् भनेर लागिरहनु भएको कुरा मैले नजिकबाट सुनिरहेको थिए । यस्तै केही जिम्मेवारीहरु पुरा गर्दागर्दै जाने मिति अलि पछि धकेलियो ।

आज मात्र मेरो उहाँसँगै रहेका दुईजना शेर्पा भाइहरुसँग कुरा भयो र उहाँहरुको भनाइ पनि मौसम त्यति अनूकुल नरहेको र आरोहण गर्ने मिति अलि ढिला नै भएको कुरा बताउनुभयो । अब सगरमाथाको शिखर पुग्नका लागि १५०० मिटर मात्र रहेको बताएपछि मैले उहाँहरुलाई सोधे, “दाइको स्वास्थ्य कस्तो छ ? जान सक्ने अवस्था छ कि छैन ?,“ भन्दा भाइहरुले भन्नुभयो, “दाइ एकदम दरो छ, हिड्न पनि सक्छ तर मौसमले के गर्छ ? मौसम राम्रो भएन भने अर्को सिजन पर्खिनुपर्छ,“ । यति सुनेपछि मन अलि शान्त भयो। घरमा श्रीमती, छोरा–छोरी आत्तिएलान् भनेर उहाँका अफ्ठ्यारा परिस्थितिहरु हामीलाई नभनेको हुन सक्छ भनेर मैले शेर्पा भाइहरुसँग आफै सम्पर्क र सम्बाद गरे ।

उहाँ घरबाट हिडेको दिनदेखि नियमितरुपमा फोन सम्पर्क मै हुनुहुन्थ्यो । त्यहाँका सबै भिडिओहरु पठाई रहनु हुन्थ्यो । छोरा–छोरीसँग भिडिओ कलमा जिस्कीरहनुहुन्थ्यो । बेसक्याम्पबाट माथि चढेपछि टेलिफोन–नेट सम्पर्क नहुदा जीवनकै सबैभन्दा ठुलो छटपटी , डर र चिन्ता लाग्यो । मध्यरातमा पनि झसंग–झसंग हुदै फोन आयो कि मेसेज आयो कि भनेर हेरिरहे । कुनै पल पनि फोन छेवैमा राखिरहे । नेटवर्क नहुने तर दिउसो घाम लाग्दा मात्र सोलारमार्फत आएको नेटले दुई दिन पछि कुरा हुदाँ मन एकदमै भक्कानियो । आज पनि केहि बेर मात्र कुरा भएपछि फोन काटियो । त्यसपछि सम्पर्क भएको छैन् । शेर्पा भाइहरुसँगको कुरा उहाँको अनुभवको कुराले अब थप यात्रा मौसमको अनूकुलतालाई हेरेर निर्णय गर्ने भन्नुभएको छ । केही दिनदेखि उहाँको पोस्टको शेयर अनि सकारात्मक प्रतिक्रिया, मिडियाहरुले लेखेका सकारात्मक समाचार, परीवार, साथीभाई, राजनीतिसहकर्मी, विपक्षी दलका शुभेच्छुकहरु सबैको कामना, प्रार्थना र चाहना आरोहण गरेर नै फर्किनुहोस् भन्ने छ । कतिपयले सोचेर निर्णय गर्नु भन्नुभएको छ । ९९ प्रतिशतलेगरेको माया दिएको हौसला र आर्शीवाद देखेर मन हर्षित भएको छ । सबैप्रति मेरो व्यक्तिगत रुपमा आभार, धन्यवाद र नमन गर्दछु ।

यद्यपि केही नकारात्मक टिप्पणी पनि नआएका हैनन् । तर , सागरमाथा आरोहण मनोरञ्जन मात्र भए सबै जाने थिए होला । यो कठिन यात्रा र दर्बिलो आत्मबलको कुरा हो । त्यहाँ पुगेर पछि त्यहाँको नेट टेलिफोनको समस्या, पर्यटक हरूको सुरक्षाको समस्या फोहर व्यवस्थापनको समस्यादेखि यावत समस्याको समाधान कसरी गर्न साकिन्छ भनेर गृह मन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेलाई बोलाएर त्यहाँका स्थानीयहरू संग छलफल गराएको कुरा सामाजिक सञ्जालदेखि मिडियाहरूमा आएता पनि मनस्थिति नकारात्मक भएकाहरूले नकारात्मक प्रतिक्रिया दिनु स्वाभाविक हो ,कलियुगमा छौ हामी ।

म भगवान प्रति अलि बढी नै विश्वास गर्छु । कुनै पनि कुरा देखेको होइन लेखेको हुनुपर्छ भन्ने कुरा विश्वास र अनुभवले सिकेको छ । यति कडा परिश्रम र मिहिनेतका साथ सबैभन्दा जोखिम यात्रा खुम्बु, आइस् फल पार गरिसक्नु भएको छ । अब सगरमाथाको चुचुरोमा पुग्नका लागि डेढ किलोमीटर (१५०० मिटर) भएपनि मौसम अनुकूल भएन भने नजानु होला भनेर आग्रह गरेकी छु । स्वास्थ्यले साथ दिए अर्को सिजनमा समयमै जानु होला भनेकी छु । तेञ्जिग शेर्पाले ७ औं पटकमा आरोहण गरेको कुरा हामीसबैलाई थाहा छ । भने यस पटक हजुरले पुरा गर्न नसकेको कुरा, अर्को पटक अझ बढी तयारीका साथ पुरा गर्नु होला परिवारको तर्फबात मैले दिनुपर्ने साथमा केहि कमि हुनेछैन, । तर मौसम प्रतिकुल हुदाँहुदै जाने कुरामा चाहिँ गम्भीर भएर सोच्नु होला भनेकी छु । श्रीमान–श्रीमती भनेको जीवन रहेसम्मको सबैभन्दा नजीकको साथी रहेछ । भगवान श्री कृष्णले तातो दुध पिउदा उता रुक्मिणीको ओठ पोलेको थियो रे । पक्कै श्रीमान–श्रीमतीको सम्बन्ध यस्तै रहेछ । हजुरका हरेक कठिन परिस्थितिहरु मैले पल पल महशुस गरिरहेकी छु । भागवानसँग प्रार्थना छ र हजुरको आत्मबलप्रति विश्वास छ । बाकी यात्रा सहज रहने छ ।

{नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको श्रीमती कविता शर्माको मुहार पुस्तिकाबाट हामीले जस्ताको तस्तै साभार गरेका हौ । }

प्रतिक्रियाहरु 1

  1. Prateek Dhakal says:

    विश्वप्रकाशजीले हिमाललाई नजिकबाट चिनेर, अझ सर्वोच्च चुलीको सफल आरोहण नै गरेर आएपछि देशलाई पनि नीतिनिर्माणको काममा ठूलो सघाउ पुग्नेछ । नत्र त सरकारमा नै हिमालको यथार्थ बुझेको कोही नभएपछि त नीतिनिर्माणको काम पनि हचुवा हुने । हामी केही मान्छेले वर्षाैंदेखि भन्दै आएको कुरो बुझाउन सजिलो हुनेछ अब ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.