गौरादहमा नेपाल स्काउटको ४४६ औँ स्काउट आधारभूत तालिम(पिटिसि) सुरु

२२ जेठ, गाैरादह: नेपाल स्काउटको ४४६ औँ स्काउट आधारभूत तालिम (PTC) झापाको गौरादहमा सुरु भएको छ। जेठ २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने यो तालिममा गौरादह नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत २४ जना महिला शिक्षकहरूले सहभागिता जनाएका छन्।

तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रूपमा गौरादह नगरपालिकाकी प्रमुख जलवर्षा राजवंशी हुनुहुन्थ्यो। उहाँले स्काउट तालिमले अनुशासन, नेतृत्व र सेवाभाव जस्ता मूल्यहरू आत्मसात गर्न प्रेरित गर्ने बताउँदै सहभागी शिक्षकहरूलाई आ–आफ्नो विद्यालयमा विद्यार्थीहरूको व्यक्तित्व विकासमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो।

विशिष्ट अतिथि नेपाल स्काउट राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भुवन सुब्बाले स्काउटिङ्गले व्यवहारिक शिक्षा, जीवन सीप र नेतृत्व क्षमताको विकासमा सघाउ पुर्‍याउने उल्लेख गर्नुभयो। उहाँले महिलाहरूको बढ्दो सहभागितालाई स्काउट आन्दोलनको उज्यालो भविष्यको संकेतका रूपमा लिन आग्रह गर्नुभयो।

त्यस्तै, कोशी प्रदेश स्काउट प्रमुख आयुक्त हेमन्त भण्डारीले स्थानीय तहमा स्काउट कार्यक्रम प्रभावकारी बनाउन प्रशिक्षित शिक्षकको भूमिका अपरिहार्य भएको धारणा राख्नुभयो।

कार्यक्रममा कोशी प्रदेश सह–प्रमुख आयुक्त गंगा कार्की, सुशासन तथा वित्त आयुक्त समर्पण खतिवडा, गौरादय नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, गौरादय नगरपालिका शिक्षा अधिकृत विदुर आचार्य र कोशी प्रदेश स्काउट युवा परिषद अध्यक्ष किरण बुढाथोकी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

तालिममा कोर्स लिडरको रूपमा कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान, र काउन्सिलरहरूमा पुजा थापा, सुस्मिता भुजेल र संगीता लिम्बू रहेका छन्।

गौरादह नगर सदस्यता वृद्धि आयुक्त विक्रम तिवारीको स्वागत मन्तव्य  रहेको कार्यक्रमको सभाध्यक्षता  गौरादह नगर स्काउट प्रमुख आयुक्त बद्री अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सामुदायिक विकास आयुक्त रुद्र धमलाले गर्नुभएको थियो।

गौरादह नगर स्काउट समितिको आयोजना तथा गौरादह नगरपालिकाको आर्थिक व्यवस्थापनमा सञ्चालित यस तालिम ६ दिन सम्म चल्ले गौरादह नगर स्काउटका प्रमुख आयुक्त बद्री अधिकारीले जानकारी दिनुभयो ।  तालिमले महिला शिक्षक स्काउटरहरूको नेतृत्व विकास गर्दै गौरादह क्षेत्रमा स्काउटिङ्गको प्रभावलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.