जनपक्षिय पत्रकार आचार्यको २३ औं स्मृति दिवस : डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पुरीलाई

७ साउन,  बिर्तामोड : यसवर्षको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८२ बाट उद्धव पुरी पुरस्कृत भएका छन् ।

पुरस्कृत पत्रकार पुरीसँग नेपाल पत्रकार महासंघका पूर्व सचिव डिकेश लामा
शब्दपत्र डट कमका सम्पादक समेत रहेका पत्रकार पुरीलाई बुधबार जनपक्षिय पत्रकार देवकुमार आचार्य अर्थात डी. कौडिन्यको २३ औं स्मृति दिवसको अवसर पारेर झापाको बिर्तामोडस्थित साई प्यालेसमा आयोजित एक कार्यक्रममा नगद ४२ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । सोहि अवसर सम्मानित तथा पुरस्कृत व्यक्तित्व पत्रकार पुरीलाई दोसल्लासमेत पहिर्याइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा इञ्चार्ज रणजित तामाङलगायतले उक्त पुरस्कार प्रदान गरेका थिए । जनपक्षिय पत्रकार आचार्यसहित शंकर घिमिरे र खगेन्द्र दंगाल लाई २०५९ साउन ७ गते चारआली ब्यारेकमा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो ।

प्रेस सेन्टर नेपाल झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो । यसअघि यो पुरस्कार तथा सम्मान चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला वराल, दिपिन राई, केशव भट्टराई, दीपक अधिकारी, जीएन शर्मा, डिकेश लामा, राजु पाठक, झुलन रेग्मी र लीलाराज झापालीलाई लाई प्रदान गरिएको थियो । त्यस बखत पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ रहेको थियो । ५ हजार एकसय रुपैयाँबाट स्थापना भएको उक्त पुरस्कारको राशी बृद्धि गरेर ४२ हजार रुपैयाँ भएको हो ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारीले गरेका थिए भने सञ्चालन सचिव प्रकाश उप्रेती र सहसचिव राज सम्पाङले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा डी. कौडिन्यका बिषयमा सेन्टरका केन्द्रिय सदस्य राजु पाठकले प्रस्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा इञ्चार्ज रणजित तामाङ, नेपाल पत्रकार महासंघ झापा शाखाक अध्यक्ष एकराज गिरी, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव दिपीन राई, मिडिया नेपालका झापा अध्यक्ष रणजित प्रसाई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, डी. कौडिन्यकी धर्मपत्नी यमुना आचार्य, जनपत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारी नेकपा माओवदी केन्द्रका कोशी प्रदेश उपाध्यक्ष विजय साम्पागंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोहि अवसरमा प्रेस सेन्टर नेपालका कोशी प्रदेस सदस्य आइपी भट्टराईले डी.कौडिन्य स्मृति पत्रकारिता कोषमा ५५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका थिए ।

 

 

 

Exit mobile version