१८ साउन, मेचीनगर : शनिबार रातिदेखि परेको अविरल बर्षाका कारण झापाको मेचीनगर ६ काँकरभिट्टामा एउटा घरमा क्षति पुगेको छ । वर्षाका कारण पहिरो जादा स्थानीय ज्ञानबहादुर गिरीको जस्ताको छानो भएको एकतले भान्साघरका क्षति पुगेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गिरीको घर भत्किदाँ २० लाख रुपैयाँ क्षति पुगेको छ।
उद्धारका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट तत्काल प्रहरी निरीक्षक राजकुमार कार्कीको कमाण्डमा प्रहरी टोली खटि गएको थियो । प्रहरीले मानवीय तथा चौपाय क्षति नभएको बताइएको छ ।
