रोटरी क्लब अफ काँकरभिट्टाको दोस्रो ‘क्लब एसेम्ब्ली’ सम्पन्न

२५ साउन, मेचीनगर :  रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२५-२६ को दोस्रो ‘क्लब एसेम्ब्ली’ शनिबार सम्पन्न भएको छ । स्थानीय होटल ग्रेसमा असिस्टेन्ट गभर्नर निकिता गिरीको सञ्चालन रहेको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष उदय कुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा रोटरी वर्ष २०२५-२६ अन्तर्गत हालसम्म सम्पन्न गरिएका विविध कार्यक्रम र परियोजनाहरूको विस्तृत विवरण प्रस्तुत गरिएको थियो । अध्यक्ष श्रेष्ठले गत जुलाई महिनामा नियमित बैठक, अतिथि वक्ताका रुपमा प्रशिक्षणमुलक कार्यक्रम, बोर्डको बैठक, अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रीक ३२९२ ‘क्लब अफिसर्स लर्निङ्ग सेमिनार’ विर्तामोडमा सहभागी, रोट्रयाक क्लब काँकरभिट्टा र मेचीनगर म्यूनिसीपलसँगको संयुक्त बैठक, बृक्षारोपणलगायतका काम सम्पन्न गरिएको बताए । अगष्टमा‘क्लब एसेम्ब्ली’ तथा डीजी भिजीट तय गरिएको थियो ।

सामूदायिक सेवा, स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा क्लबले गरेका योगदानहरूको चर्चा गदैं क्लब सदस्यहरूको सक्रियता र सहयोगप्रति विशेष आभार व्यक्त गर्दै आगामी योजनाहरूलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरियो ।

साथै, निकट भविष्यमा हुने डीजी भिजिटलाई लक्षित गर्दै डीजीलाई बुझाउनुपर्ने प्रतिवेदन तथा आवश्यक तयारीका विषयमा एजी निकिता गिरी, क्लबका पदाधिकारी तथा परियोजना निर्देशकहरूबीच विस्तृत छलफल भएको थियो । क्लबका सदस्यहरूले आ आफ्नो सुझाव र विचार राख्दै क्लबको गतिविधि अझ सशक्त बनाउन एकमत भएका थिए ।

रोटरी भनेको समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएकाले रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं अब आफ्नो लागिमात्र नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेकको सोच हुनुपर्ने धारणा सहभागीहरुले राखेका थिए ।

यसअघि रोटरीले गर्दै आएका कामलाई निरन्तरता दिदैं थप अरू रचनात्मक र सकरात्मक काम गर्ने प्रस्तुत विवरणमा उल्लेख छ । असिस्टेन्ट गभर्नर निकिता गिरीले प्रस्तुत प्रतिवेदनमाथि थप सुझाव दिएकी थिईन् । उनले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राखिन ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु इञ्जिनियर रुद्र मैनाली, डाक्टर आनन्दराज खनाल, अशोक श्रेष्ठ, दिलिप सुवेदी, राधिका गुरुङ, सुजन प्रधान, राजु महर्जन, कृष्णकान्त [नवराज]खनियाँ क्लबका विभिन्न जिम्मेवारीमा रहेका कमल थापा, कृष्णराज पौडेल, युवराज भट्टराई, लक्ष्मीदेवी खनियाँ,कमल गुभाजु, उषा प्रधान, शरद खनाल, गीता आचार्य, दुर्गाबहादुर लुइटेल, पेमा तामाङलगायतको सहभागिता रहेको क्लबका मिडिया संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

 

 

Exit mobile version