४ भदौं मेचीनगर : झापाको कमल गाउँपालिकामा बुधबार करेन्ट लागेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा जिल्ला कमल गाउँपालिका –३ खानेपानी टोल बस्ने २१ वर्षीय उज्वल राईको ज्यान गएको हो ।
दिउँसो दुई बजेतिर स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते अवस्थामा लडेको देखेपछि उनका आफन्तले प्रहरी चौकी केर्खामा जानकारी गराएका थिए ।
प्रहरी चौकी केर्खाबाट गएको प्रहरी टोलीले घाइते राईलाई उपचारको लागिी लाईफ लाईन अस्पताल दमकमा पठाइएको थियो । उपचारका क्रमामा तीन बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । राईको शव दमक अस्पताल दमकको शवगृहमा राखिएको र घटनका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।