४ भदौं मेचीनगर : सशस्त्र प्रहरी बल नेपाल, वोडर आउट पोस्ट ‐बिओपी) नकलबन्दाले बुधबार झापा मेचीनगरबाटअढाई लाख रुपैयाँ बढिका अबैध सामान पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका वडा नम्बर ८ पुण्य ‐प्रतिमा) चोकबाट दुई लाख ६३ हजार साय सय रुपैयाँ मुल्य बराबरका खेलकुदमा प्रयोग हुने जुत्ता, लत्ता कपडालगायतका सामान गोप्य सूचनाका आधारमा पक्राउ गरेको समाचार स्रोतले जनाएको छ ।
नकलबन्दा नाका भएर भारतबाट भन्सार छलेर महिलाहरुले बोकेर नेपालतर्फ ल्याउदैं गरेको अवस्थामा वोडर आउट पोस्ट प्रमुख ‐बिओपी पति) सशस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपानेको कमाण्डमा रहेको टोलीले ती सामान पक्राउ गरेको हो । सशस्त्र प्रहरी टोलीले खेलकुदमा प्रयोग हुने जुत्तासहित साडी, कुर्था सुरुवाल,कुर्ती, लेगिज, बालबालिकाका लागि प्रयोग हुने लत्ताकपडा नियन्त्रणमा लिएको हो ।
पक्राउ गरीएका सवै सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँट्टामा बुझाएको भन्सार स्रोतले जनाएको छ ।
