४ कार्तिक, भद्रपुर : झापा क्षेत्र नम्बर ३ अन्तर्गत भद्रपुर नगरपालिकाको वडा नम्बर ७ को बुथमा ६२ प्रतिशत मत खसेको छ।करीब ५ हजार ६ सय मतदाताहरु मध्ये ३३८२ मतदाताले मत खसालेका थिए। कडा सुरक्षा र अत्यन्तै सौहार्दपूर्ण वातावरण सम्पन्न भएको आजको मतदानमा मदिरापान सेवन गरेर आउनेलाई मतदान केन्द्रभित्र प्रवेशमा रोक लगाइएको थियो। क्षेत्र नम्बर ३ नेपाली काङ्ग्रेस वरिष्ठ नेता कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ।