८ मंसिर, काठमाडौँ : जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत जुम्ला क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही २२ हजार ८१९ मत ल्याई विजयी भएका छन् ।
शाहीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार गोमा गौतम (कुँवर)लाई १० हजार ८६० मतान्तरले पराजित गरेका हुन् ।
पराजित गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।