Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९

गठबन्धनलाई बहुमत पुर्‍याउन सकस

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 30, 2022
  • 1:48 PM
  • No Comments
भित्र प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९, प्रदेश, मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
गठबन्धनलाई बहुमत पुर्‍याउन सकस

१४ मंसिर, काठमाडौँ : प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्रको मतगणना आउन बाँकी छ। सुनसरी-४ मा मतगणना जारी छ भने दोलखा, स्याङ्जा-२ र बाजुरामा मतगणना सुरू हुन सकेको छैन। दोलखाका १० केन्द्रमा बिहीबार पुन: मतदान हुँदैछ।

प्रतिनिधि सभाकै समानुपातिकतर्फका मतगणना पनि अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म एक करोड ४२ हजार पाँच सय १४ मत गणना गरिएको छ।

केही केन्द्रमा चुनाव हुन बाँकी दोलखा, मतगणना नै सुरू नभएका स्याङ्जा-२ र बाजुराबाहेक पनि देशका केही क्षेत्रमा समानुपातिकतर्फको मतगणना जारी नै छ।

अहिलेसम्मको अवस्था हेर्दा सत्ता गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी) का पक्षमा बहुमत पुग्ने हम्मेहम्मे देखिएको छ।

प्रत्यक्षतर्फ कांग्रेसले अहिलेसम्म ५४ सिट जितेको छ। माओवादीले १७, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्।

समानुपातिकतर्फ सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छैन। थ्रेसहोल्ड नकटाउँदा यी दलले समानुपातिकतर्फ सांसद पाउने छैनन्।

अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसले समानुपातिकतर्फ ३२ सांसद पाउने र माओवादीले १४ सांसद पाउने अवस्था छ।

सत्ता गठबन्धनमा रहेका ५ दलले प्रत्यक्षतर्फ कुल ८६ सिट जितेका छन्। समानुपातिकतर्फ सत्ता गठबन्धनका दलले कुल ४६ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी सत्ता गठबन्धनका पक्षमा १३२ सिट पुगेको छ। मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई भ्रष्टाचार मुद्दा रहेकाले उनी संसद छिर्न पाउँदैनन्। उनी संसद जान नपाउने भएपछि सत्ता गठबन्धनलाई थप एक सिट कम हुन्छ।

१७५ सदस्यीय संसदमा बहुमत पुर्‍याउन १३८ सिट आवश्यक हुन्छ।

सुनसरी-४ मा मतगणना जारी छ। यहाँ कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अघि छन्। उनले जितेमा कांग्रेसका पक्षमा थप एक सिट जोडिन सक्छ। दोलखामा सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार छन् भने स्याङ्जा -२ र बाजुरामा कांग्रेसबाट उम्मेदवार छन्। उनीहरू सबैले जिते भने पनि सत्ता गठबन्धनलाई थप १३६ मत मात्रै पुग्छ। यी ठाउँमा नेकपा एमालेका उम्मेदवार पनि बलियो भएकोले चुनावी परिणाम के हुन्छ भन्ने अहिले अनुमान गर्न सकिन्न।

मतपरिणाम आउन बाँकी रहेका सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवारले जिते पनि गठबन्धनलाई सरकार बनाउन अझै ३ सिट आश्यक पर्छ। यसो हुँदा सत्ता गठबन्धनले थप नयाँ दल वा स्वतन्त्रबाट जितेकाहरूलाई गठबन्धनमा ल्याउनु पर्ने हुन्छ।

सत्ता गठबन्धनले सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि संवाद अघि बढाएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले सिके राउतसँग केन्द्र सरकार र मधेस सरकारमा सहभागिताबारे छलफल गरेका छन्। जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ सिट जितेको छ भने समानुपातिकतर्फ चार सिट जित्ने देखिन्छ। जनमत पार्टीको साथ पाए सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्ने देखिन्छ।

सत्ता गठबन्धनले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ७ नै सिट पाउने सम्भावना देखिएको राप्रपाको पनि साथ लिन खोजेको छ। तर राप्रपाले चुनावका बेला एमालेसँग केही क्षेत्रमा तालमेल गरेकोले सत्ता गठबन्धनमा आउँछ कि आउँदैन अहिले नै टुंगो छैन।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि प्रत्यक्षमा ७ र समानुपातिकमा १४ गरी कुल २१ सांसद हुने देखिएको छ। लामिछाने नेतृत्वको यो पार्टी सरकारमा जान्छ कि प्रतिपक्ष बस्छ भन्ने अहिले टुंगो छैन।

अर्कोतर्फ एमालेले पनि सरकार गठनका लागि अधिकतम पहल गर्ने बताइरहेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले केही दिनअघि बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै एमालेले सरकार बनाउन अधिकतम् पहल गर्ने बताएका थिए।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ सिट जितेको छ। उसले समानुपातिकतर्फ सबैभन्दा धेरै ३४ सिट पाउने देखिएको छ। यसो हुँदा एमालेसँग एक्लै ७८ सिट हुनेछ। उपेन्द्र यादव नेतृत्वमा रहेको जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो।

जसपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट पुर्‍याउने देखिन्छ। एमालेले केही ठाउँमा राप्रपासँग पनि चुनावी तालमेल गरेको थियो। एमाले नेतृत्वमा जसपा र १४ सिट भएको राप्रपा पनि मिलेर गठबन्धन भए नयाँ सरकार बनाउन उनीहरूसँग १०४ सिट पुग्न सक्छ। उनीहरूले रवि लामिछाने नेतृत्वको रास्वपालाई पनि साथ लिन सके भने १२५ सिट पुर्‍याउन सक्छन्।

संसदमा पाँच स्वतन्त्र सांसद, नागरिक उन्मुक्ति पार्टीका ३, नेमकिपाका १ सांसद छन्। उनीहरूले कुन गठबन्धनलाई साथ दिन्छन् टुंगो छैन। स्वतन्त्र उम्मेदवारी दिएर जितेका पाँचमध्ये प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गरेको थियो। उनकै समूहमा रहेका किरणकुमार साह पनि सांसद चुनिएका छन्। बर्दिया २ बाट निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका ससुरा हुन्। बागी उम्मेदवारी दिएका कांग्रेस नेता अमरेशकुमार सिंहले पनि सर्लाही-४ बाट चुनाव जितेका छन्। एमालेबाट बागी दिएका योगेन्द्र मण्डल मोरङ-५ बाट निर्वाचित भएका छन्।

अझै प्रत्यक्षतर्फ मतगणना जारी रहेको, तीन क्षेत्रमा मतगणना नै सुरू नभएको र समानुपातिक मतगणना पनि नसकिएकोले भावी सरकार कसको बन्छ भन्ने प्रष्ट चित्र देखा परिसकेको छैन। अहिलेको सत्ता गठबन्धनलाई सरकार बनाउन चाहिने बहुमत पुर्‍याउन भने हम्मेहम्मे हुने देखिएको छ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूले अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने गरी अघि बढ्न समझदारी गरिसकेका छन् तर उनीहरूलाई सरकार बनाउन आवश्यक पर्ने सिट जुटाउन सकस छ।

सेतोपाटीबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ १६ गते, सोमबार)

January 30, 2023
चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
पत्रकार किशोर नेपालका सबै सामाजिक सञ्जाल अकाउन्ट ह्याक, फोन नम्बर समेत ‘ब्लक’

पत्रकार किशोर नेपालका सबै सामाजिक सञ्जाल अकाउन्ट ह्याक, फोन नम्बर समेत ‘ब्लक’

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In