Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९

काँग्रेसमा तेस्रो धारको रुपमा सक्रिय रहेको कृष्णप्रसाद सिटौला समूह अहिले बाहिर

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • December 7, 2022
  • 10:15 AM
  • No Comments
भित्र प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
कांग्रेस नेता सिटौलाको वारेसनामामार्फत उम्मेदवारी दर्ता

२१ मंसिर, मेचीनगर : कृष्णप्रसाद सिटौल नेपाली काँग्रेस सम्बन्धित नेपाली राजनीतिज्ञ हुनुहुन्छ । सिटौलाले बृहत् शान्ति सम्झौताकालागि खेलेको भूमिका निक्कै महत्वपूर्ण छ भने उहाँ महत्वपूर्ण भूमिकाको लागि चिनिनुहुन्छ ।

बिस्तृत शान्ति सम्झौता दश वर्षभन्दा लामो नेपाली गृहयुद्घलाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीले वि.सं. २०६३ मंसिर ५ गते हस्ताक्षर गरेको सम्झौता पत्र हो । यसमा काँग्रेस नेता सिटौलाको भूमिकाको मापन गर्न सकिन्दैन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यस सम्झौताले ने.क.पा. (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो । तत्कालीन विद्रोही समूह र सरकारबीच दशवर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएको लामो समयपछि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बने । तर द्वन्द्वपीडितहरूले अझै आफ्ना मागहरू सम्बोधन नभएको र न्याय नपाएको गुनासो गरिरहेका छन् । तर, पनि शान्ति सम्झौता भन्ने वित्तिकै एकपटक सवैले स्मरण गर्नुपर्ने नाम पनि हो कृष्णप्रसाद सिटौला ।

उहाँको राजनीतिक यात्रा हेर्ने हो भने बीपी कोइराला मेलमिलाप नीति लिएर भारतबाट नेपाल आएपछि शुरु भएको हो । २०३३ सालमा वीपी कोइराला नेपाल आएपछि काँग्रेसको राजनीतिबारे बुझ्न थाल्नुभयो । २०३५ सालमा वीपी पोखरा जादा प्रत्यक्ष भेट भयो, त्यसपछि अझ बढी सक्रिय हुनुभयो र संगठनमा प्रवेश गर्नुभयो । त्यो बेलाको संगठन भनेको साथीहरुसंँग भेटघाट गर्ने, राजनीतिक विमर्श गर्ने मात्र थियो रे । २०४५ सालसम्म कुनै जिम्मेवारी उहाँमा थिएन । २०६२÷६३ सालको जनान्दोलनमा मात्रै होइन् त्योभन्दा पहिलाको आन्दोलनमा पनि उहाँ जिम्मेवारीमा हुनुहुन्थयो सिटौला ।

पोखरामा हुदाँ उहाँलाई मानिसहरुलाई कन्भिन्स गरेर सत्याग्रहमा ल्याउने जिम्मेवारी थियो । उहाँ विद्यालय निरीक्षक पनि भएको नाताले गाउँगाउँसम्म पुग्नुहुन्थयो । ०४२ सालको सत्याग्रह बमकाण्डपछि बीचमै टुङ्गियो । ०४६ सालको आन्दोलनमा उहाँ सुदूर पश्चिममा हुनुहुन्थयो । त्यहाँ आन्दोलनको प्रचार–प्रसार र सूचना आदान–प्रदान गर्नुभयो । आन्दोलनको सहभागिता बढाउने, आन्दोलनकारीको मनोबल बढाउने काम उहाँले गर्नुभयो । उहाँ काठमाण्डौं जिल्लाको जिम्मेवारीमा रहँदा आन्दोलनको बेला पनि थियो । त्यो बेला काँग्र्रेस नेता गिरिजाप्रसाद कोइराला र सिटौलाबीच आन्दोलन कसरी अघि बढाउने भन्ने बारेमा नियमित छलफल भैरहन्थ्यो । त्यतिवेला काठमाडौं जिल्लाका उपसभापति भीमसेनदास प्रधान र सभापति तीर्थराम ढंगोल प्रहरी नियन्त्रणमा रहेकोले सचिवको नाताले जिल्लाको सबै जिम्मेवारी उहाँले सम्हाल्नुपर्ने थियो ।

२०४६ सालपछि काठमाडौं पुगेपछि एकाइ तहदेखि जिम्मेवारी उहाँलाई प्राप्त भयो । एकाइपछि क्षेत्रीय सचिव भएर काम गर्नुभयो । त्यसपछि काठमाडौं जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुदै कार्यवाहक सभापति सम्मको जिम्मेवारी उहाँले प्राप्त गर्नुभयो । पार्टीको केन्द्रीय तहको जिम्मेवारीमा भने प्रशिक्षण विभाग र शिक्षा विभागमा बसेर काम गर्ने अवसर प्राप्त गर्नुभयो ।

तात्कालिन काँग्रेस सभापति सुशील कोइरालाले सिटौलालाई पार्टीको महामन्त्रीमा मनोनयन गर्नुभयो । पार्टीको झापा जिल्ला सभापति हुँदै महामन्त्री समेत बन्नु भएका सिटौलाले २०६३ सालमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हाल्न भ्याउनुभयो ।

कोइराला परिवारका नजिकका सिटौला गृहमन्त्री छँदा भएको सुडान घोटालालाई लिएर उहाँको आलोचना हुने गर्छ । २९ करोड अनियमितता भएको यस घटनाको समयमा उहाँ प्रहरीको राजनीतिक नेतृत्वमा हुनुहुन्थयो । एक सफल राजनीतिक नेताका रूपमा उभिनु भएको, नेपाली राजनीतिमा प्रष्टवक्ता चेतनाका धनी व्यक्तित्व अनि चतुर राजनीतिज्ञका रूपमा परिचित सिटौलाले संसद् पुग्ने निक्कै अवसर प्राप्त गर्नुभएको छ । तर, अधिकाँश चुनाव उहाँकालागि परिणामुखी भएनन् वा सिटौलालाई मतदाताले पत्याएनन् । २०४८ सालबाट संसदीय राजनीतिमा नेपाली काँग्रेसको तर्फबाट सक्रिय बनेका नेपाली काँग्रेसका शीर्ष नेता सिटौलाको राजनीतिक यात्रा पछिल्ला निर्वाचनले संकटमा पारिएदएका छन्् । गणतन्त्र स्थापना गर्नका लागि अहम् भूमिका निर्वाह गर्नुभएका सिटौला राजावादी नेता राजेन्द्र लिङ्देनसंग दुई÷दुई पटक पराजीत बन्नुले पनि उहाँको राजनीतिक यात्रा संकटमा परेको छ । २०४८ देखि २०७९ सालसम्ममा भएका ७ वटा निर्वाचनमध्ये दुईवटा २०५०, २०५६ र २०७० को निर्वाचनमात्र जित्नुभयो । बाकी २०४८, २०५१, २०७४ र २०७९ सालको निर्वाचन सिटौललाई संकटमा पारिदियो ।

०४८ साल पछि काँग्रेसका सिटौलाले भाग लिएका अधिकाँश निर्वाचनको परिणाम उहाँको पक्षमा देखिएन् । २०४८ सालमा जनपक्षिय उम्मेदवार द्रोणाचार्य क्षेत्री (द्रोणप्रसाद आचार्य)सँग पराजित बन्नुभयो सिटौला । क्षेत्रीको निधन भएपछि २०५० सालमा ३ नम्बर क्षेत्रमा उपनिर्वाचन भयो । एमालेका लीला उदासीलाई काँग्रेसका सिटौलाले पराजित गर्नुभयो । त्यसवेला उहाँ ५ महिना सांसद् बन्नुभयो । २०५१ सालको मध्यावधि चुनावमा सिटौला एमालेका पुष्पराज पोखरेलसँग पराजित हुनुभयो । तर, २०५६ मा एमालेकै नारायण राजवंशीलाई पराजित गदैं सिटौलाले संसदको ढोका खोल्नुभयो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्नुभएका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका पूर्णसिहं राजवंशीसँग पराजित बन्नुभयो । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई पराजित गदैं चुनाव जितेर संसद पुग्नुभयो । त्यसबेला उहाँ संविधान मस्यौदा समितिमा सभापति बन्नुभयो ।

२०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिटौला उनै लिङ्देनसँग नराम्ररी पराजित बन्नुभयो । त्यसवेला लिङ्देनको सारथी नेकपा एमाले थियो । २०७० सालको निर्वाचनमा सिटौला १४ हजार ३ सय ५५ मत र लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याइ पराजित हुनभयो । तर, २०७४ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिटौलासँग लिङ्देनले बदला लिदैँ नराम्ररी पराजित गर्नुभयो । २०७४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट लिङ्देनले सिटौलालाई १३ हजार बढीको मतान्तरले पराजित गर्नभएको थियो । सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याउँदा लिङ्देन ४४ हजार ६ सय १४ मत ल्याएर विजयी हुनुभयो । यद्यपि लिङ्देनलाई तत्कालीन एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको सहयोग रहेको थियो । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणाम समेत सिटौलाको पक्षमा देखिएन् । लिङ्देनसंगको निर्वाचन जित्न नसक्दा सदनको ढोका उहाँका लागि पाँच वर्ष बन्द भयो । लिङ्देनले ४० हजार ६ सय ६२ मत प्राप्त गरेर सांसद बन्दा सिटौला ३७ हजार ३ सय ८६ मा पराजित हुनुभयो ।

गणतन्त्र स्थापना गर्नका लागि अहम् भूमिका निर्वाह गर्नुभएका सिटौला राजावादी नेता राजेन्द्र लिङ्देनसंग दुई÷दुई पटक पराजीत बन्नुले पनि उहाँको क्रेज घट्दो छ । राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएपनि झापा क्षेत्र नम्वर ३ का मतदाताको मन जित्न नसक्दा उहाँ दुईपटक नै नराम्ररी पराजित हुनुप¥यो । उहाँको पराजयमा एमाले र राप्रपाको राजनीतिक गठबन्धन पनि बाधक बन्यो । पार्टीभित्र गुटको राजनीति गर्न खप्पिस नेताको आरोप लाग्ने गरेका सिटौलाले यस पटक भने महामन्त्री विश्वप्रकाश शर्मासंग मिलेर
अगाडि बढ्ने नीति लिए पनि मतदाताले विश्वास नगर्दा उहाँ पराजयको शिकार बन्न पुग्नुभयो । काँग्रेसमा तेस्रो धारको रुपमा सक्रिय रहेको कृष्णप्रसाद सिटौला समूह अहिले बाहिर  बाहिर परेको छ ।

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
न्यायाधीशको हरेक नियुक्तिमा नेताहरूले भाग माग्छन् : जबरा

चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय, सर्वोच्च फर्किने तयारी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In