Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९

प्रदेश १ मा दलको नेता चयन शुरु : अन्य दलमा सर्वसम्मत, काँग्रेसमा सकस

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 22, 2022
  • 7:01 AM
  • No Comments
भित्र प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९, प्रदेश-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter

६ पौंष, विराटनगर : प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको मिति तय गरेसँगै दलहरू यतिवेला संसदीय दलको नेता छान्ने दौडमा छन्। ​प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहणका लागि मंगलबार आह्वान गरेका थिए।

त्यसो त केन्द्रीय समीकरण कुरेर बसेका प्रदेशमा दलहरूले संसदीय दलको नेता चयन गर्न ढिलाइ गरिरहेका छन्। योसँगै केन्द्रमा दलहरूले शक्ति बाँडफाँटको सहमतिले पनि प्रदेशमा प्रभाव पर्ने हुँदा दलको नेता कसरी चयन गर्ने भन्नेमा दोधार भइरहेका छन्। पछिल्लो समय प्रदेश १ को राजनीतिक अवस्था रोचक छ।

९३ सांसद रहेको प्रदेश १ प्रदेशसभामा जसपाकी एक्ली सांसद प्रदेश सरकार गठनको निर्णायक भूमिकामा उभिएकी छिन्। उनले जुन दललाई समर्थन गर्छिन् उही दलको सरकार गठन हुन्छ। तर प्रमुख दलहरूले संसदीय दलको नेता चयन नगरेसम्म कुनै प्रतिक्रिया दिन नसक्ने धारणा राख्दै आइरहेको जसपाले अहिलेसम्म कुन दललाई समर्थन जनाएर अघि बढ्ने टुंगो लागिसकेको छैन।

केन्द्रको समीकरण र निर्देशन कुरेर बसेका प्रदेशस्थित दलहरूका प्रदेश सांसदहरूले पुस ११ गते शपथ लिँदै छन्।

कुन दलको के छ अवस्था ?

एमाले

प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेमा संसदीय दलका बलियो उम्मेदवार पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका हिक्मतकुमार कार्कीले सहमतिका साथ दलको नेताको नाम पेश गर्ने बताउँदै आइरहेका छन्। एक साताभित्र दलको नेता चयन गर्ने एमालेको तयारी छ।

२५ जना प्रत्यक्ष र १५ जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी एमाले प्रदेश संसदीय दलमा ४० सदस्य छन्। एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्की हालसम्म संभवतः दलको नेतामा एक्लो दाबेदारसमेत हुन्। उनलाई दलभित्र चुनौती दिन अहिलेसम्म कोही खुलेका छैनन्।

काँग्रेस

प्रदेश १ प्रदेशसभामा दोस्रो ठूलो दल रहेको काँग्रेसमा भने मुख्यमन्त्रीको अपेक्षासहित संसदीय दलको नेता बन्ने दौडमा प्रतिस्पर्धी धेरै देखिने भएका छन्।गठबन्धनमा सबैभन्दा ठूलो दल बनेका काँग्रेस ठूलो दल भएकै कारण प्रदेशको नेतृत्व काँग्रेसको हुनुपर्ने आशासहित काँग्रेसभित्र प्रतिस्पर्धी धेरै छन्।

प्रत्यक्ष निर्वाचनमा १७ र समानुपातिक प्रणालीमा १२ गरेर २९ जना सांसद भएको काँग्रेसमा दलको नेताको दौडमा ४ जना देखिएका छन्। संसदीय दलको नेतामा प्रतिस्पर्धाको मैदानमा वर्तमान मन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म रहेका छन्।

जसमा प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरू अमृत अर्याल र भीम पराजुली तथा हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दलको नेता बन्ने दौडमा छन्। कार्की शेखर कोइराला पक्षका हुन् भने थापा, अर्याल र पराजुली संस्थापन पक्षका हुन्। प्रदेश सभापति थापा कृष्णप्रसाद सिटौला समूहका हुन्।

प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित सांसद थापाले पुस ९ वा पुस ११ मा दलको नेता चयन प्रक्रिया शुरु जानकारी दिए। काँग्रेसभित्र दलको नेताका आकांक्षी धेरै भएका कारण पनि निर्वाचनबाटै त्यसको छिनोफानो हुने सम्भावना बढी देखिएको काँग्रेसका नेताहरू बताउँछन्।

मतदाता नामावली प्रकाशनदेखि मतदानसम्मको कार्यक्रम बैठकले तय गर्ने थापाले जानकारी दिए।

काँग्रेसमा यस्तो छ स्थिति

काँग्रेस प्रदेश १ मा संस्थापन पक्षमा १२, कोइराला पक्षमा ८ र सिटौला समूहका ९ जना छन्। यस आधारमा हेर्दा सिटौलासहितको संस्थापन पक्ष प्रदेशमा बलियो देखिन्छ।

सिटौला पक्ष दोश्रो स्थानमा छ भने कोइराला पक्ष कमजोर देखिएको छ। अर्थात तेश्रो स्थानमा देखिएको छ कोइराला पक्ष।

माओवादी केन्द्र

केन्द्रमा प्रतिनिधिसभा सदस्यको शपथपछि मात्रै नेता चयन गर्ने भएपछि तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको शपथपछि मात्रै दलको नेता छान्ने तयारी गरेको छ।

प्रत्यक्षबाट ९ र समानुपातिक प्रणालीबाट ४ गरी १३ जना सदस्य रहेको माओवादी संसदीय दलभित्र अहिलेसम्म इन्द्रबहादुर आङबो एक्ला दाबेदार देखिन्छन्। शुरुका ३ वर्ष र राजेन्द्र राई नेतृत्वको सरकार बनेयता लगातार आर्थिक मामिलामन्त्री रहेका उनी पार्टीका सबैभन्दा सिनियर नेतासमेत भएकाले उनी नै नेता चुनिने माओवादी नेताहरू बताउँछन्।

राप्रपा, जसपा र एकीकृत समाजवादी

चौथो ठूलो दल रहेको राप्रपामा प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी ६ जना सांसद छन्।

राप्रपा संसदीय दलले ‘२/३ दिनभित्र नेता चयन गर्ने’ जानकारी सांसद सविना बजगाइँले दिइन्। उनका अनुसार पार्टीका केन्द्रीय प्रवक्ता भक्ति सिटौला दलको नेता चयन हुनेछन्।

४ जना सांसद रहेको पाँचौं ठूलो दल नेकपा एकीकृत समाजवादीमा दलको नेतामा मुख्यमन्त्री राजेन्द्र राई नै रहने निश्चितजस्तै देखिएको छ।

३ प्रत्यक्ष र १ समानुपातिक गरी ४ जना सांसद रहेको एकीकृत समाजवादीमा दलको नेतामा मुख्यमन्त्री राई नै चयन हुने निश्चित रहेको समाजवादीका नेताहरू बताउँछन्। यता, जनता समाजवादीसँग एकजना मात्रै सांसद रहेका कारण निर्मला लिम्बू नै दलको नेता हुने छिन्।

थाहाखबरबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सांसद रवि लामिछानेको शपथ नरोकिने

सांसद रवि लामिछानेको शपथ नरोकिने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In