काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ ।
कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो टप ७ सम्म पुगेको छ । प्रतिस्पर्धीहरुको भिडमा सिक्किमबाट आएका विक्की अग्रवाल पनि चर्चामा छन् ।
अहिले उनलाई जिताउनका लागि सिक्किममा अभियान नै चलेको छ । उनलाई सिक्किमका मुख्य मन्त्रीले समेत रकम सहयोग गरेका छन् । उनलाई प्रतियोगीतामा अगाडि बढाउनका लागि चाहिने भोटको व्यवस्था गर्नका लागि मुख्य मन्त्री प्रेम सिंह तामाङ (गोले)ले ५ लाख सहयोग गरेका हुन् ।
गोलेले विक्कीको परिवारलाई नगद हस्तान्तरण गरेको जनाइएको छ । मुख्यमन्त्रीको समेतको सहयोग र हौसला पाएपछि विक्की र उनको परिवार उत्साहित देखिएको छ ।