डि.पी. खनाल र रचना रिमालको पर्नु पिर पर्यो सार्वजनिक

डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत “पर्नु पिर पर्‍यो” को भिडियो सार्वजनिक भएको छ । डि.पी. खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डि.पी.को साथमा रचना रिमालले स्वर दिएकी छन् । विश्व अधिकारीले संगीत संयोजन गरेको गीतलाई बिप्लव अधिकारीले ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

सुब्रत आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा टिकटक स्टारद्वय मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । भिडियोमा आफ्नो जमानाको कलेज लाईफको सम्झना गरिएको छ । बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ । क्याम्स पढ्ने बेला युवा युवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियो हेरेपछि बुझिन्छ ।

गीतकी निर्माता सदु थापा खनाल हुन् । दिपेन गौतम माईकल प्रोडक्शन डिजाईनर रहेको भिडियोका सह–निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।

हेर्नुस् पूरा भिडियो:

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.