३१ जेठ, काँकरभिट्टा : गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार’ युट्यूब मार्फत सार्वजनिक भएको छ । योगेन्द्र उपाध्यायको संगीत रहेको यस गजललाई जि.आर. न्यौपानेले लेखेका हुन् भने चर्चित गायक यमन भारद्वाजले स्वर दिएका छन् । विश्व अधिकारीको संगीत संयोजन रहेको उक्त गजल ओपल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।अडियो मिक्सिङ् आकास नेपालीले गरेका हुन् भने यसको भिडियो सम्पादन पनि योगेन्द्र उपाध्यायले गरेका हुन् । यस गजललाई भावना भण्डारीले निर्माण गरेकी हुन् ।