Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह मनोरन्जनजासुस बन्दै परिनीति

जासुस बन्दै परिनीति

दिदी प्रियंका चोपडाको सिको गर्दै अभिनयमा आएकी परिनीति चोपडाको करिअरले आजसम्म पनि भने जस्तो उडान भर्न सकेको छैन । खेलेकामध्ये एकाध फिल्म हिट भए पनि परिनीतिले आफूलाई उम्दा अभिनेत्री प्रमाणित गर्न सकेकी छैनन् । तर, बलिउडमा यति धेरै फिल्म बन्छन् कि चले पनि नचले पनि हिरोइन खालि बस्नु पर्दैन ।

अझ ओटीटीको बजार बढ्न थाले पछि त झन् कसैलाई फुर्सद छैन । परिनीति त अझ पनि दौड मै छिन् । यसैबीच परिनीतिलाई उनकै पछिल्लो फिल्मकी निर्देशक रिभु दासगुप्ताले अर्को फिल्ममा पनि उनैलाई लिन लागेको खबर छ । परिनीतिलाई ‘दि गर्ल अन दि ट्रेन’की निर्देशक रिभुले लगत्तै अर्को फिल्म खेलाउन लागेकी हुन् ।

 

 

प्रेस ट्रस्ट अफ इन्डियामा आएको एउटा समाचार अनुसार परिनीति रिभु कै निर्देशन रहने फिल्मको मुख्य भूमिकाका लागि फाइनल भएकी छिन् । फिल्मको नाम सार्वजनिक भइसकेको छैन तर फिल्ममा परीले जासुसको भूमिका निर्वाह गर्नेछिन् । फिल्ममा केके मेनन, रजित कपुर, हार्डी सन्धु आदि कलाकार पनि रहने खबर छ । फिल्मको सुटिङ मार्चबाट सुरु हुनेछ ।

परीका हातमा यतिबेला दुइटा मात्र फिल्म छन् । एउटा त भर्खरै सुटिङ सकाएको ‘दि गर्ल अन दि ट्रेन’ भइहाल्यो, अर्को चाहिँ अर्जुन कपुरसँगको ‘सन्दिप एन्ड पिंकी फरार’ । दिबाकर बेनर्जीको निर्देशन रहेको यो फिल्म गत मार्चमा नै प्रदर्शन हुने कुरा थियो । तर, महामारीका कारण रोकिएको छ । ‘दि गर्ल अन दि ट्रेन’ को प्रदर्शन मिति तोकिएको छैन । यो फिल्म सन् २०१६ मा रिलिज भएको फिल्मको अफिसियल रिमेक हो । फिल्ममा परिनीतिले इमली ब्लन्टले निर्वाह गरेको भूमिका निर्वाह गरेकी छिन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु