७ पौंष, काठमाडौँ : बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको पदाधिकारी समूहले पूर्णता पाएको छ । शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा नियुक्त भएपछि पदाधिकारी समूहले पूर्णता पाएको हो ।
बिपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ ग को उपदफा १ र प्रतिष्ठान नियामवली २०५५, को नियम ८, १ बमोजिम उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति तथा स्वास्थ्य मन्त्री भवानी खापुङले प्रा.डा. शर्मालाई नियुक्त गरेका हुन् । प्रा.डा. शर्मा मृगौला, मुटु रोग विशेज्ञ हुन् ।
प्रतिष्ठानकातर्फबाट सिनेटरहरुमा प्रा.डा. निलाम्बर झा र सहप्राध्यापक डा. नारायणराज भट्टराई नियुक्त भएका छन् । डा. झा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रोफेसर हुन् । भट्टराई माइक्रोबायोलोजी विभागका प्रमुख हुन् ।
प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. शर्मा, रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक जगतनारायण प्रसाद छन् ।
शिक्षाध्यक्ष नियुक्तभएपछि प्रा.डा. शर्माले प्रतिष्ठान व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सामूहिक प्रयास गर्ने बताए ।
शिक्षा, अनुसन्धानको क्षेत्रको विकासलाई विशेष ध्यान दिने बताए । प्रतिष्ठानको छविलाई विश्वस्तरीय बनाउन र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँगको सहकार्यलाई प्रभावकारी बनाउने पहल गर्ने बताए ।