२८ माघ, मेचीनगर : स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रको आयोजना, अन्तर्राष्ट्रिय रोटरी डिष्ट्रिक ३२९२ को सहआयोजना तथा रोटरी क्लब अफ काँकरभिट्टाको संयोजनमा ‘मेची महाकाली साइकल फन्डरेजर २०८० यात्रा’ आइतबारबाट शुभारम्भ भएको छ । चर्चित दुईजना विमानचालक यात्रामा सहभागी हुनुहुन्छ ।
सूदुरपूर्वको नेपाल भारत जोडने मेचीपूलबाट शुरु भएको यात्राको असिष्टेन्ट गर्भनर (एजी) सन्दिप दिपु चापागाईँ र रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३-२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले संयुक्तरुपमा झन्डा देखाएर उद्घाटन गर्नुभएको थियो ।
साइकल राइडबाट प्राप्त रकम काभ्रेको साँगास्थित स्पाइन इञ्जुरी पुनस्र्थापना केन्द्रमा खर्च गरीने छ । । स्पाइनल इञ्जुरीका पीडितहरुलाई पुनस्र्थापना केन्द्रले आत्मनिर्भर बनाउछ । चारदशक सम्म उडान अनुभवका साथ चर्चित विमानचालक (पाइलट) हरु क्याप्टेन सुनिल प्रधान र भरतसिहं थापा यात्रामा निस्कनु भएको हो । ‘मेचीदेखि महाकाली सम्मको करीव एक हजार एकसय किलोमिटर साइकल चलाउने तयारीमा छौ’ क्याप्टेन भरतसिहं थापाले भन्नुभयो-‘यो साहशिक कार्यले गहिरो उद्घेश्य राख्छ । प्रत्येक पेडल स्ट्रोकले मेरुदण्डको चोटले पक्षघात भएकाहरुलाई समर्थन गर्दछ ।’
स्पाइन इञ्जुरी पुनस्र्थापना केन्द्रले वार्षिकरुपमा ३ सय ५० जना भन्दा बढीको उपचार गर्ने केन्द्रका संस्थापक कनकमणि दीक्षितका भनाई छ । ती विरामी पुनस्र्थापन प्रक्रियामा औसतमा तीन महिना लाग्ने, विरामीहरुले केन्द्र छोड्दा व्हिल चियर आवश्यक पर्ने, मेरुदण्डको चोटका लागि कुनै उपचार नहुने, अपाङ्गता भएका व्यक्तिहरुसँग बाँच्न सिक्नका लागि पुनस्र्थापना, मेरुदण्डमा चोट लागेका विरामी हरुका लागि उपयुक्त व्हिलचियरसहित पुनस्र्थापनाः आवश्यक भए पनि अधिकाँशले आफै खर्च गर्न नसक्ने बताइएको छ ।
क्याप्टन प्रधान र थापाले केन्द्रका विरामी सहायता कोष र व्हिलचियर सहयोगका लागि ५ दशमलव ५ मिलियन नेपाली रुपैयाँ संकलन गर्न बाइक राइडमा सहकार्य गदैं आएको रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३-२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले जानकारी दिनुभयो
स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रबाट फिजियोथेरापी सेवा, मेडिकल परामर्श सेवा, नर्सिङ सेवा, अकुपेश्नल थेरापी सेवा, सामाजिक सेवा, व्हिलचियर तथा सहायक सामाग्री सेवालगायत विभिन्न सेवा प्रदान गदैं आएको केन्द्रले जनाएको छ । अशक्त भएर ह्विल चियरमा हिडडुल गर्ने स्पाइनल इञ्जुरीबाट पीडितहरुले पनि आफ्ना दैनिक व्यवहारदेखि नेतृत्व लिनेसम्मका काम गर्न सक्ने केन्द्र सञ्चालकहरुको भनाई छ । दुर्घटनामा परेर अपाङ्ग भएका धेरैलाई आफ्नो दैनिक काम आफै गर्ने क्षमता कसरी हासिल गर्ने भन्ने थाहा नहुने भएकाले त्यस्ता व्यक्तिले पुनस्र्थापना सेवा लिनुपर्ने लाभग्राहीको सुझाव छ ।
यात्रा शुभारम्भको अध्यक्षता रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३-२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले गर्नुभएको थियो । त्यस अवसरमा केन्द्र संस्थापक कनकमणि दीक्षित, क्याप्टेन भरतसिहं थापालगायतले आ-आफ्नो विचार राख्नुभएको थियो । रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष सुजन प्रधानले सञ्चालन गर्नुभएको उद्घाटन समारोहमा सहभागी सवैलाई असिष्टेन्ट गर्भनर (एजी) सन्दिप दिपु चापागाईँ र धन्यवाद ज्ञापन रोटरी क्लब अफ मेचीनगरका प्रेसिडेन्ट इलेक्ट इञ्जिनियर कमल कोइरालाले गर्नुभएको थियो ।