८ चैत, मेचीनगर : विश्वमा ८ प्रतिशत मातृ मुत्यु असुरक्षित गर्भपतनका कारण हुने एक अध्ययनले देखाएको छ । महिलाको स्वास्थ्य, पोषण र समष्टिगत विकाससँग सम्बन्धित केही तथ्यहरुलाई अध्ययन गर्दा यदि अनिच्छित गर्भ रहेका सवै महिलाहरले प्रभावकारी गर्भ निरोधका साधनहरु प्रयोग गरेमा हालको मातृ मृत्युमा ३० प्रतिशतले कमि आउने सक्ने ‘क्लिल्याण्ड इट एआई’ को सन् २०१२ को अध्ययनले स्पष्ट पारेको छ ।
यदी सबै दम्पतिहरुले एउटा गर्भ र अर्काे गर्भबीचको अन्तर कम्तिमा २४ महिनाको फरकमा बच्चा जन्माएमा ५ वर्ष मूनिका बाल मृत्युदरमा १३ प्रतिशतले कम आउने ‘क्लिल्याण्ड इट एआई’ को सन् २०१२ को अध्ययनले देखाएको छ । अध्ययनका अनुसार ३६ महिनाको फरकमा बच्चा जन्माएमा बाल मृत्यु दरमा २५ प्रतिमा कमि ल्याउने सकिने छ । एउटा बच्चा जन्माई सकेपछि अर्काे गर्भबीचको अन्तर दुई वर्षभन्दा बढीको अन्तरको दाजोमा दुई वर्षभन्दा कम समयको गर्भान्तरमा बच्चा पाउदा बच्चाको मृत्यु हुने सम्भावना दोब्बर बढी हुन अध्ययनले देखाएको छ ।
स्थानीय तहसँगको सहकार्य र समन्वयका लागि मेचीनगर नगरपालिकाको सभाहलमा विहीबार सम्पन्न अमेरिकी सहयोग नियोग यूएसएआईडी मोमेन्टम परियोजनाको त्रैमासिक समिक्षा वैठकमा एमपीएचडीका वरिष्ठ कार्यक्रम अधिकृत हरिजंग रायमाझीले पालिका र निजी स्वास्थ्य संस्थाहरुबीच परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमहरुको जानकारी तथा छलफल, पालिकासँग सहकार्यका लागि निजी स्वास्थ्य संस्थाहरुसँगको संवाद मार्फत थप अवसरहरु सिर्जना गर्नै, उत्कृष्ट अभ्यासहरुमा संयुक्त छलफल गर्न, जारी चुनौतीहरु समाधान गर्न र पारस्पारिक हित क्षेत्रमा र थप सुधारको सहकार्य गर्न मद्धत पुर्याउने वैठकको उद्धेश्य रहेको थियो ।
आमाको स्वास्थ्यका लागि, बच्चाको स्वास्थ्य र विकासको लागि, महिला स्वास्थ्य, पोषण र समष्टिगत विकासको लागि, किशोरीहरुको स्वास्थ्य र विकासको लागि र आर्थिक अवस्थामा सुधार गर्न परिवार योजना महत्वपूर्ण मानिने प्रादेशिक संयोजक आलमले सहभागीहरलाई जानकारी गराउनुभयो । परिवार योजना क्षेत्रमा गरीने लगानीले भविष्यमा राष्ट्रको लागि श्रोत बचत हुने एउटा परिणामले देखाएको छ । अमेरिकी सहयोग नियोग युएसएआईडीले गरेको अध्ययन अनुसार परिवार योजना क्षेत्रमा गरेको एक अमेरिकी डलरले गर्भको जाँच, मातृ स्वास्थ्य र नवजात शिशुको स्वास्थ्य सेवामा गरिने खर्चमा ५ अमेरिकी डलर बचत हुने नतिजा देखाएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले तयार गरेको राष्ट्रिय परिवार योजना लागत कार्यन्वयन योजना’ २०१५ देखि २०२० अनुसार नेपालमा परिवार योजना क्षेत्रमा गरेको हरेक एक रुपैयाँ बराबर प्राथमिक शिक्षा,खोप, निमोनियाको उपचार, मातृ स्वास्थ्य सेवा र खानेपानीको लागि गर्नुपर्नेमा खर्चमा ३१ रुपैयाँ बचत हुने देखाएको छ । यी फाइदाहको अतिरिक्त परिवार योजनाले दीगो विकासका अधिकाँश लक्ष्यहरु प्राप्त गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग पुर्याउने विश्वास लिईएको छ ।
नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुलक प्राप्त गर्ने हक हुनेछ, प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य समबन्धी हक हुने भनी उल्लेख गरिएको छ ।