११ चैत, मेचीनगर : अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आइतबार झापाको मेचीनगरमा विविध चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले मेचीनगर ६ काँकरभिट्टामा चेतनामुलक र्याली र क्षयरोगका विषयमा अन्तरक्रिया गरी यो दिवस मनाएको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।
हरेक बर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । सन् १८८२ मार्च २४ मा डाक्टर रोर्वट कोचले क्षयरोगका किटाणु पत्ता लगाएको दिनको स्मरणमा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउन थालिएको हो । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसको यसवर्षको नारा ‘हो हामी क्षयरोग अन्त्य गछौँ !’ भन्ने रहेको छ ।
काँकरभिट्टा स्वास्थ्य चौकीबाट विहान विभिन्न चेतनामुलक नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेर स्वास्थ्यकर्मी र सर्वसाधारणसहितको र्यालीले काँकरभिट्टा बजारको मुख्यः बजारको परिक्रममा गदैं र्याली नेपाल भारतसीमाको बोडरक्षेत्रमा पुगेर पुनः स्वास्थ्य चौकीमा आएर अन्तरक्रिया मा परिणत भएको थियो । नगरका क्षयरोगी तथा आफन्त र सर्वसाधारणसहितको उपस्थितिमा भएको अन्तरक्रियामा स्वास्थ्य शाखा संयोजक निरौलाले क्षयरोग, यसका लक्षण, बच्ने उपाय र उपचारका बारेमा प्रष्ट पार्नुभया । आर्थिक वर्ष २०७८÷०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी ५ वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने उल्ल्ेख भएकाले अहिले सोहि अनुसार काम भईरहेको उहाँले बताउँनुभयो ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा मेचीनगरलाई क्षयरोग मुक्त नगर घोषणा गर्न क्षयरोगका विरामीहरु खोज्ने अभियान तीव्र पारेको पनि स्पष्ट पार्नुभयो । अन्य गैरसरकारी संघ संस्थाहरुसँग मिलेर संयुक्तरुपमा सचेतना अभियान सञ्चालन गर्ने, नगरको स्वास्थ्य शाखाको प्राविधिकहरुले क्षयरोगी खोजी अभियानलाई तीब्र पारेको, क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निःशुल्क गर्ने व्यवस्था गरे अनुसार मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रशवासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागि रहनुलगायत क्षयरोगका लक्षण भएको शाखा संयोजक निरौलाले बताउँनुभयो ।
क्षयरोग एक प्रकारको सरुवा रोग हो । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस हो । यो एक प्रकारको कीटाणुको कारणले गराउँदछ । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत फोक्सोको क्षयरोग हुने गरेको छ । झापा जिल्लामा २ हजार ५ सय भन्दा बडी मानिस क्षयरोगको संक्रिय संक्रमण भएको अनुमान गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । काँकरभिट्टा स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा मेचीनगर नगरपालिका वडानम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले खासगरी, शुरुमा क्षयरोगको लक्षण देखिने वित्तिकै उपचारका लागि रोगी नआउँनु नै सबै भन्दा ठुलो चुनौती रहेको बताउँनुभयो । ‘अहिले पनि क्षयरोगीहरु खुलेर उपचारका लागि नआउने, लुकेर बस्ने भएकाले गर्दा पनि क्षयरोग मुक्त गर्न समस्या भएको छ । ’
‘क्षयरोग अहिले जनस्तरमा निक्कै जटिल समस्याका रुपमा देखिएको छ ’ काँकरभिट्टा स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले भन्नुभयो—‘यो धेरै पुरानो रोग भए पनि अझै नियन्त्रण गर्न सकिएको छैन् नियन्त्रण बाहिर छ । ’ अहिले पनि समाजमा निक्कै क्षयरोगी छन् । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन्
अहिले नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण र क्षयरोग कार्यक्रम सम्बन्धि विभिन्न संघ संगठन र समूहहरुसँग समिक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै पनि आएको छ । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगबाट हुने मृत्युमा ९५ प्रतिशत ले कमि ल्याउने योजनालाई साकार बनाउन विश्व क्षयरोग दिवस २०८० नेपालमा देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्धेश्यका साथ मनाउँन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सन् २०५० सम्ममा क्षयरोगलाई पूर्ण रुपमा निवारण गर्ने योजना अन्तर्गत नेपाल सरकारले २०५९ देखि २०६९ सालसम्म दशबर्षे दीर्घकालिन योजना अघि सारेको थियो । विसं २०२१ सालमा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र यूनिसेफबीच क्षयरोग नियन्त्रणका लागि त्रिपक्षीय सम्झौता भएको थियो । तर, यी अभियान खासै प्रभावकारी बनेका छैनन् ।