मेचीनगरमा रोटरीको पोषण सम्बन्धि स्वास्थ्य शिविर

७ असोज , मेचीनगर : पोषण तत्वहरूको कमी हुनासाथ बालबालिकाहरुमा अनेक समस्या आउने भएकाले सानै उमेरमा पोषणयुक्त खानेकुरा दिनुपर्ने सोमबार झापाको मेचीनगरमा आयोजित एक कार्यक्रमहरुका सहभागीहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर —१ को जनकल्याण प्राथमिक विद्यालयमा आयोजना गरेको पोषण सम्बन्धि स्वास्थ्य शिविरमा सहभागीहरुले विशेष गरि बालबालिकाको शुरूवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने विचार राखेका थिए ।

बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको र राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्ने,समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न सामर्थ हुने सहभागीहरुको भनाई थियो ।

पोषण तत्वहरूको कमी हुनासाथ बालबालिकाहरुमा अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू आउँने लगायतका समस्या देखिने बताईएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका बालरोग विशेषज्ञ डाक्टर वरुण अग्रवालले कार्यक्रमको प्रतिथिको आसनबाट बोल्दैं बालबालिकामा कुपोषणको रोकथामका विषयमा समेत चर्चा गर्नुभयो । बाँच्नको लागि खानाको आवश्यकता पर्ने र खानामा पाईने तत्वहरू पोषक तत्व खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरण अनुरुप आवश्यक पोषक तत्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिने डाक्टर अग्रवालले स्पष्टरुपमा जानकारी गराउनुभयो ।

रोटरी क्लव अफ काँकरभिट्टाका सन् २०२४–२०२५ का अध्यक्ष डाक्टर आनन्दराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक सहयोग समेत मेची प्रादेशिक अस्पताल भद्रपुरको रहेको थियो । अस्पतालको पोषण शाखाका गंगा लिम्बु, चन्द्रकला ढकाल, सुर्यकला राई, तारा थापा, गंगा सापकोटा र डिल्ली खरेललगायतले बालबालिकामा कुपोषणको रोकथामका विषयमा समेत चर्चा गर्नुभयो ।

मेचीनगर नगरपालिका वडा नम्बर —१ को सहआयोजना तथा पारिजात महिला समूह मेचीनगर १ को सहयोगमा आयोजित कार्यक्रममा प्राइम फर्मास्युटिकल्स प्रालि वीरगञ्जले निःशुल्क रुपमा औषधि समेत वितरण गरेको थियो । क्लबका पूर्व अध्यक्ष राजु मर्हजनले सञ्चालन गर्नुभएको कार्यक्रमको औचित्यमाथि प्रकाश क्लबका अध्यक्ष डाक्टर आनन्दराज खनालले प्रकाश पार्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेकपा एमाले १ नम्बर वडा कमिटिका अध्यक्ष डिकेन्द्र थापाले सहभागी सवैलाई शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

क्लबका पूर्व अध्यक्षहरु नवराज खनियाँ, दिलीप सुवेदी, उपाध्यक्ष कृष्णराज पौडेल, प्रेसिडेन्ट इलेक्ट उदयकुमार श्रेष्ठ, वडा नम्बर —१ का वडाध्यक्ष रामकुमार राईलगायत विद्यार्थी, अभिभावकसहित सर्वसाधारणको सहभागिता रहेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.