सर्पसँग रमाउँदै कार्की

२५ मंसिर, मेचीनगर :  अहिले गाउँघरमा कहि कतै सर्प देखिहाले सवैभन्दा पहिला प्रल्हाद ‐मुन्ना) कार्कीको खोजी हुन्छ । शुरुमा सर्प फेला पर्यो भने वा अधिकांश मानिसले सर्प देख्यो कि मार्न खोज्ने गर्थे । तर, पछिल्लो समय मानिसलाई सर्प मार्नुभन्दा पनि उद्धार गर्नुपर्छ भन्ने सोच आएको छ । त्यसकारण सर्प देख्ने वित्तिकै सर्प उद्धारकर्ताको खोजी भईहाल्छ ।
झापा मेचीनगर—६ काँकरभिट्टाका ३३ वर्षीय प्रल्हाद ‐मुन्ना) कार्की एकजना अनुुभवी र दक्ष सर्प उद्धारकर्ता हुन् । २०६६ सालमा एसएलसी उत्तिर्ण कार्की कक्षा नौ पढ्दादेखिनै सर्पको उद्धारमा लागेको बताउँछन् । काठमाडौंको ज्ञानशिखा हायर बोडिङ् स्कुलमा पढ्दा उनी १० सम्म पढ्दा उनी जवालखेल चिडियाखानमा काम गर्थे ।

चिडियाखानाका जनावरलाई खाना खुवाउने, उनीहरूको खोर सफाई गर्ने,जनावरलाई सफा राख्नेलगायतका काम हुन्थयो । उनको जिम्मा भने, सर्पको रेखदेख, खाना खुवाउने उनीहरुलाई सफा राख्ने जिम्मेवारी थियो ।
प्रायः सर्प प्रजातिका सवैको उनले हेरचाह गर्थे । अजिङ्गर, दुईवटा कोब्रा, गोहोरो र कछुवाको खानपिन सफासुग्घर उनले गर्नुपर्दथ्यो । शुरुमा सर्प भनेपछि निक्कै डराउने उनी विस्तारै सर्प चिन्न थाले डर क्रमस हराउँदै गयो । विस्तारै विस्तारै उनी सर्पसँगै खेल्न थाले । रमाउन मन पर्न थाल्यो । त्यसपछि गाउँघरमा कहि कतै सर्प देखे उनलाई बोलाउन थाले । चिडियाखानामा काम गर्दागर्दै कार्कीले सर्प उद्धार गर्न सिकेको बताए ।
जव उनले मलेशियामा एकवर्ष सर्प उद्धार तालिम गरेर आए त्यसपछि देखि उनी सर्प सँग डराउनै छाडेर सर्प उद्धारका लागि निरन्तर लागे । त्यसपछि उनी निरन्तर अहिलेसम्म सर्प उद्धारमा क्रियाशिल छन् । उनका अनुसार जथाभावी उद्धार गर्दा उद्धार गर्ने तरिका नमिल्दा मानिस र सर्प दुवैको ज्यान जोखिममा पर्ने सम्भावना हुन्छ । उद्धार गर्नु अघि फिल्डमा गएरै सर्पको शारीरिक भाषा, वातावरण सवै पढ्नुपर्छ । पछिल्लो समयमा सर्प उद्धारमा क्रियाशील कार्कीले अहिलेसम्म विभिन्न प्रजातिका दुईहजार बढी सर्पको उद्धार गरिसकेको बताए ।

सर्प उद्धारका लागि तालिम लिएपछि उद्धारमा लाग्न सहज भएको उनले अनुभव सुनाए । मेचीनगर नगरपालिकाक्षत्रेसहित आसपासका पालिकाहरुमा वा कसैको घरमा सर्प देखियो कि कार्कीलाई सम्झिन्छन् । सबैले उनलाई नै फोन गर्छन् । सर्प उद्धारको लागि उनलाई फोन आयो कि जुनसुकै समय र जस्तोसुकै काम छाडेर सर्प उद्धारमा पुगिहाल्ने उनको भनाई छ ।
‘जीवित सर्पलाई उद्धार गरेर सुरक्षति वासस्थानमा छोड्न पाउँदा उनलाई शान्ति र आत्मासन्तुष्ट हुने भएकाले सर्प उद्धारका लागि खबर आयो कि म कुदिहाल्छु, कार्कीले भने, ‘सकेसम्म सर्पलाई नमारुन, जीवितै उद्धार गर्न पाउँ भन्ने लाग्छ ।’ मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, बुद्धशान्ति गाउँपालिकालगायतका स्थानसम्म उनी सर्प उद्धारका लागि पुग्ने गरेका छन् ।
विषालु सर्प देख्यो कि मारिहाल्छन् । सर्पले टोकेपछि मान्छे मर्छ भन्ने बुझाइले पनि अधिकाश मानिसले सर्प देख्ने वित्तिकै मार्न खोज्नु स्वभाविक पनि होला । तर, झापा मेचीनगरका कार्की सर्प देख्नेवित्तिकै उद्धार गरेर नजिकै जंगलमा या सुरक्षित वासस्थानमा छोडिदिन्छन् । कहिलेकाहि त सर्प उद्धार गर्नमा उनलाई भ्याइ नभ्याइ हुन्छ । कुनै दिन चारदेखि पाँचवटा सर्प समेत उद्धार गरेको सम्झना छ ।
‘सर्प उद्धार गरेको बापत कसैले पैसा दिए उनी लिन्छन् । तर, कसैसँग माग्दैनन् । सर्पलाई जीवित उद्धार गरेर सुरक्षित बास्थानमा छोडिदिने र मान्छेलाई सर्पको टोकाइबाट जोगाउने उद्धेश्यका साथ उनी यो काममा लागेको बताउँछन् । सर्प उद्धारको लागि चाहिने सामग्री तथा औजारहरु केही आफैले र केही मेचीनगर नगरपालिकाले दिएको आर्थिक सहयोगबाट किनेको कार्की बताउँछन् । नगरपालिकाबट प्राप्त रकमले उनले टंग हुक, ग्रेयावर, बुट ग्लोब्स खरिद गरेका छन् ।सर्पको उद्धारमा खटिएका कार्कीलाई सर्पले नै डसेको थियो । जस्का कारण साताबढी उनी अस्पताल भर्ना भए । आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डसेको थियो ।

अघिल्लो दिन समातेका सर्पहरू सुरक्षित ठाउँमा लैजाने तयारी गर्दा एउटा बट्टामा राखिएको सर्प अर्को बट्टामा सार्ने क्रममा गोमन सर्पले देब्रे हातको साइँली औँलामा डसेको थियो । स्नेबित्तिकै कार्कीलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याईएको थियो । कार्कीले मेची भन्सार कार्यालय काँकडभिट्टा परिसरमा गोमन सर्प र त्यस्तै मेचीनगर–६ कै कालीखोला पारी अर्को सर्प पनि समातेका थिए । कुनै पनि व्यक्तिले सर्प आएको जानकारी दिनसाथ कार्की उक्त ठाउँमा तुरुन्त पुगेर सर्प समातेर उद्धार गर्ने गर्थे । सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्न उनको सुझाव छ । सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्न उनले आग्रह गरे । उद्धार गर्ने तरिका नमिल्दा मानिस र सर्प दुवैको ज्यान जोखिममा पर्छ । घटनाको प्रकृति हेरेर सर्पको उद्धार आवश्यक छ या छैन भन्ने हेरेर मात्र सर्प उद्धार गर्नुपर्छ । उद्धारका क्रममा तरिका नमिल्दा वा लापरवाहीका कारण मानिस मरेका घटना सुन्नमा आएका छन् ।उद्धार गरेको सर्पलाई व्यवस्थान गर्नमा चुनौती थपिएको सर्प उद्धारकर्ता कार्की बताउँछन् । बस्ति नजिकका जंगलमा स्थानीयहरुले सर्प छोडन् दिँदैनन् । सरकारले उद्धार गरेको सर्पलाई कहाँ छोड्ने स्थान नदेखाउँदा उद्धार गरेको सर्पलाई व्यवस्थापन गर्नमा चूनौती थपिएको उनको गुनासो छ ।
कुनै पनि सर्प मानिसको बस्तीमा पुगेका बेला पक्रेर नजिकैको जङ्गलमा सुरक्षित तरिकाले छाड्ने गरेको उनले बताए । सर्पलाई नचलाउँदासम्म मान्छेलाई नटोक्ने सर्पलाई चलाएपछि आफ्नो रक्षाका लागि मात्र टोक्ने उनले अनुभव सुनाए । वातावरण र पर्यावरणलाइ सन्तुलित राख्नमा सर्पले धेरै सहयोग गर्ने गरेको उनले बताए । अन्नबालीमा लाग्ने मुसा, किरा–फट्याङ्ग्रा जस्ता हानिकारक जीवको शिकार गरेर सर्पले किसानहरुलाई पनि सहयोग नै गरेको हुन्छ । कतिपय जीवहरु सर्प खाएर बाँचेका हुन्छन् । मुसाबाट सर्ने प्लेग लगायतका रोगका कारण भनिएको मुसा खाएर आफ्नो पेट पाल्ने र मानिसलाई रोग लाग्न रोक्ने सर्प सधैँ शत्रुजीव होइन ।

विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको सर्प उद्धारकर्ता कार्की बताउँछन् । सर्पको बासस्थान संकटमा परेको छ । सर्प बस्ने ठाउँ हुन छाड्यो,’ बासस्थान र आहाराको खोजीमा सर्प घरघर आउन थालेको उनले सुनाए ।

Exit mobile version