मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। नसोचेको ठाउमा खर्च हुन सक्छ । अन्नको काममा लाभ हुने दिन छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पैसो कमाउने योग छ । व्यर्थको खर्चले मन पिरोल्ला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला । प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रिय जन संगको भेटले मन प्रफुल्ल रहला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । वादविवादको सामना गर्नु पर्ला । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । जागिरको काममा डर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ । धन आर्जनमा राम्रो दिन छ । मान सम्मान मिले पनि मनमा डर रहने छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ ।आज केही हानि हुन सक्छ सावधान रहनु होला । मनोरञ्जन पूर्ण रहने दिन छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । अनावस्यक झमेलामा परिएला । बचत हुने प्रवल सम्भावना छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । पैसो कमाउने योग छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । अचानक कमइ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ ।
तपाईंको दिन शुभ रहोस् ।
ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३