मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयाँ पैसा प्राँप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ नयाँ योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसँग पनि भेट होला । भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धन प्राप्तिको योग छ, टाढाको यात्रा पनि होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् विचार गर्नु होला । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् छरछिमेकमा झगडा हुन सक्छ एकदमै सावधान रहनु होला । गलत विचार बढने, समयमा निर्णय नहुदा काममा अवरोध आउने साथै झै झगडा पनि होला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आसा र भरोसा पनि तपाईं प्रति रहनेछ । बोल्दा धेरैकामहरु सहज हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ, जागीरमा भने समस्या देखा पर्ने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविधलाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज तपाईंको सोच्दै नसोचेको ठाउँमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होसियार रहनु होला । उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरी र राजनीतिमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ, साथै व्यापार व्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, व्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । व्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसँग भेटघाट पनि होला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज तपाईंकोअनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ, व्यापार व्यावसायमा घाटा बेहोर्नु पर्ला सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सही निर्णय गर्न सकिदैन ।
तपाईंको दिन शुभ रहोस् ।
ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३