Thursday, June 24, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रिययूरो कप फुटबल प्रतियोगिताको १६ औं संस्करण आज शुक्रबारदेखि सुरु

यूरो कप फुटबल प्रतियोगिताको १६ औं संस्करण आज शुक्रबारदेखि सुरु

काठमाडौं । यूरो कप-२०२० फुटबल प्रतियोगिताको १६ औं संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।

इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै यूरो कप(२०२० को औपचारिक थालनी हुनेछ ।

टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजेदेखि प्रारम्भ हुनेछ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेलमा दुबै टोलि पहिलो जीत निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

यसपटक यूरो कप युरोपका विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ ।

प्रतियोगिता प्रारम्भ भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यूईएफएले यूरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुखारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम तथा सेन्ट पिटर्सवर्गमा आयोजना गर्दैछ ।

जुलाई ११ मा सम्पन्न हुने यूरो कपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु