एजेन्सी। इन्डोनेशियाका विभिन्न शहरहरुमा संक्रमण बढ्न थालेसँगै अक्सिनको अभाव हुँदै गएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै इन्डोनेशिया सरकारले अक्सिजन उत्पादकहरुलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आदेश दिएको छ ।
इन्डोनेशियामा हरेक दिन २५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिइरहेका छन् । अति संक्रामक डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै इन्डोनेशियामा संकटमा आएको हो ।
इन्डोनेशिया दक्षिण पूर्वी एसियामा कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित हुने देशमा पर्छ ।
इन्डोनेशियामा हालसम्म झण्डै २३ लाख मानिस संक्रमित भएका छन् भने कोभिड–१९ बाट ६० हजार भन्दा बढिको मृत्यु भएको छ ।