१५ चैत्र : रुससँगको शान्ति वार्ताका लागि युक्रेनको एक प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको छ।
प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनिकोवका साथ राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाकले गरिरहेका छन्।
यस प्रतिनिधिमण्डलले आफूहरुको सबैभन्दा ठूलो प्राथमिकता युद्ध-बिराम रहेको बताएका छन् । तर शान्तिवार्तामा यस्तो खालको प्रस्तावमा सहमति बन्ने बारे सन्देश रहेको बीबीसीले जनाएको छ।
यो वार्ता टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको तर्फबाट आयोजित गरिएको हो जो मंगलबार बिहान स्थानीय समय अनुसार १० बजेदेखि सुरु हुने जनाइएको छ।