११ असोज, काँकरभिट्टा : इलामको पर्यटकीय क्षेत्र कन्यामलाई अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) प्रदेश नं. १ को पहलमा कन्यामलाई उक्त अवार्ड प्राप्त भएको हो । आज सिलिगुडीमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) प्रदेश नं. १ का अध्यक्ष उदयकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । उक्त अवार्ड “Himalayan Hospitality & Tourism Development Network ले पर्यटकमैत्री ग्रामीण पर्यटकीय गन्तव्यको रुपमा इलामको कन्यामलाई छनौंट गरी पुरस्कार प्रदान गरेको थियो । “TOURISM FRIENDLY RURAL DESTINATION OF THE YEAR” नाम दिइएको उक्त पुरस्कार प्राप्त गर्न नाटाले महत्वपूर्ण भूमिका निर्वाह गरेको नाटा प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनु भयो ।