१५ मंसिर : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन् । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन् ।
बिहिबार अल थुमामा रंगशालामा क्यानाडालाई २–१ गोलको नतिजमा पाराजित गर्दै मोरक्को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो ।
खेलको चौथो मिनेटमा हाकिम जियचले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । यूसेफ इन नेसयारीले २३औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर पारे ।
मोरक्कोका डिफेन्डर नाइफ एजुइर्डले ४०औं मिनेटमा आत्माघाती गोल गर्दा क्यानाडाले खेल १–२ को स्थितिमा पुर्याएको थियो ।
पहिलो हाफमा २–१ को नतिजमा सकिएको खेलको निर्धारित समयसम्म पनि थप गोल हुन नसक्दा मोरक्को क्यानाडालाई हराउँदै विश्वकप इतिहासमा दोस्रो पटक अन्तिम १६ पुग्न सफल भयो । यसअघि सन् १९८६मा अन्तिम १६ पुगेको थियो ।
यस्तै, समूह ‘एफ’ कै अर्को खेलमा सविक उपविजेता क्रोएसिया बेल्जियमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
अहमेद बिन अली रंगशालमा सम्पन्न खेलमा बेल्जियम सँग अंक बाडेको क्रोएसिया समूह उपविजेताको रुपमा अन्तिम १६ प्रवेश गरेको छ ।
यस्तै, बेल्जियम भने समूह चरण बाटै बहिरिएको छ ।
पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० गोलको नतिजमा पराजित गर्यो । तेस्रो खेलमा क्यानाडालाई हराउँदै ७ अंकका साथ तालिका को शिर्ष स्थानमा रहेर मोरक्को नकआउट चरण प्रवेश गरेको हो ।
मोरक्कोले अन्तिम १६मा समूह ‘ई’ को उपविजेता सँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, पहिलो खेलमा मोरक्को र अन्तिम खेलमा बेल्जियमसँग अंक बाँडेको क्रोएसिया दोस्रो खेलमा क्यानाडालाई हराउँदै ५ अंक जोडेर दोस्रो स्थामा रहन सफल भयो ।
क्रोएसियाले अन्तिम १६ मा समूह ‘ई’ को विजेतासँग खेल्नेछ । समूह ‘ई’ का दुवै खेल राती १२ः४५ बजे सुरु हुनेछन् ।